८ वैशाख २०८१ शनिबार
समाज

चिया प्रशोधन केन्द्रले किसानलाई मिल्यो राहत

तेह्रथुम- लालिगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठुलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपनि चिया कृषकहरुलाई राहत मिलेको छ। स्थानीय शिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

यस अघि जिल्लामा उत्पादित चिया पत्ति गुराँसे टि स्टेट हिले धनकुटालाई बिक्री गर्दै आएको चिया कृषक वाल कुमारी मगरले बताइन। कारखाना सञ्चालनमा आएपछि स्थानियलाई आर्थिक पाटोमा समेत टेवा पुगेको मगरको भनाई छ। चिया उत्पादन तथा प्रशोधनमा जिल्लालाई नै आत्मनिर्भर बनाउने उदेश्यले संस्थाले उन्नती परियोजनाको सहकार्यमा तिन करोड बढिको लगानीमा चिया प्रसोधन केन्द्र सञ्चालनमा ल्याएको हो। यहाँबाट ब्लाक, ग्रिन, ह्वाईट, गोल्डेन, रेड, अर्थोडक्स, स्मोक टिलगायतका चियाहरु तयार हुन्छन्।

चिया बगानदेखि उद्योगसम्मको विभिन्न काममा दुई सय ५० जनाले रोजगारी पाएका छन् भने १० देखि १२ जनासम्म दक्ष कालिगढहरु प्रशोधन केन्द्रमा काम कार्यरत छन्। उद्योग सञ्चालनमा आएपछि बेरोजगारीले समेत रोजगार पाएको अर्का चिया कृषक मञ्जु पोखरेले बताइन। यहा उत्पादन भएको अर्गानिक चिया केहि स्थानीय बजारमा , ३० प्रतिशत नेपाली बजार तथा २५ देखि ३० प्रतिशत भारतीय बजार र ३० प्रतिशतसम्म तेस्रो मुलुकमा निर्यात गर्ने लक्ष्य रहेको सहकारीका प्रबन्धक शंकर खनालले बताए।

उद्योगले खेर गईरहेको पत्ती प्रयोगमा आएको र यहाँबाट तयार हुने चियालाई अन्र्तराष्ट्रिय बजारसम्म पु¥याउनका लागी अर्गानिक प्रमाणिकराणको लागि प्रक्रिया अगाडी बढाएको प्राविधिक बिर बहादुर बस्नेतले बताए। प्रशोधन कारखाना सञ्चालनमा आएपछि चिया कृषकहरुलाई राहत पुगेको छ। जिल्लाको सोल्मा र सुङनाममा मात्रै अहिले १४ सय बढि रोपनी क्षेत्रफलमा चिया खेती हुदँै आएको छ। यहाका दुई सय बढि घरधुरीले व्यावशायिक रुपमा चिया खेती गर्दै आएका छन्। जिल्लाका सोल्मा, सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिमलगायतको स्थानमा व्यावसायिक चिया खेती हुदै आएको छ। जिल्ला भरीमा भने ३८ सय बढि रोपनी क्षेत्रफलमा चिया खेती भईरहेको चिया उत्पादक सहकारी संघको तथ्याङकमा उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०७६ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App