८ वैशाख २०८१ शनिबार
राजनीति

महराविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। 

प्रहरीबाट थुनामा राखेर अनुसन्धान सकिएपश्चात सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगमा ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले सरकारी वकिलबाट मुद्दा दर्ता भएको जानकारी दिए। उनका अनुसार समय अभावका कारण आज बहस हुन सकेन्। ‘भोलिबाट बहस र थुनछेक बहस सुरु होला’, उनले भने।  महरालाई आज न्यायिक हिरासतमा राखिनेछ।  

महराविरूद्ध संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले हिरासतमा राखेर पटक पटक म्याद थपी अनुसन्धान गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०७६ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App