६ वैशाख २०८१ बिहीबार
राजनीति

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

मुगु- प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।

बेलाबेला फोन गरेर गाउँमा गस्ती नपठाउन धम्की दिँदै आएका विप्लव समुह ६ नम्बर क्षेत्रको सचिव बताउने छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका स्थानीय धनमानसिंह बुढालाई बुधबार बिहान उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएपनि स्थानीय जन प्रतिनिधिको संलग्नतामा गाउँलेहरुले ढुंगा मुढा गरेर पक्राउ परेका बुढालाई भगाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

पक्राउ परेका बुढालाई भगाउन १४ नम्बरका वडाध्यक्ष नन्दलाल बढुवालको सहभागितासमेत रहेको पक्राउ गर्न गएको प्रहरीको टोलीले आफुलाई जानकारी गराएको प्रहरी प्रमुख साहले बताए।

सरकारले विप्लव समुहका कुनै पनि गतिविधी अराजक हुने भन्दै प्रतिबन्ध लगाएको र स्थानीय स्तरमा सरकारकै जनप्रतिनीधीले विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै असहयोग गरेको देख्दा आफलाई अचम्म लागेको प्रहरी प्रमुख साहको भनाई छ।

आफुले विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीलाई असहयोग गर्नेलाई समेत कारवाही गर्न खोज्दा नेकपाकै एक संसदसँग चर्काचर्की परेको प्रहरी प्रमुख साहले बताए। एकातिर सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाई उक्त समुहलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग जो सुकैलाई कार्वाही गर्ने बताई रहँदा मुगुमा भने विप्लवलाई सहयोग गर्नेलाई कार्वाही गर्न खोज्दा सरकार समर्थित दलका संसदले कार्वाही नगर्न दवाव दिई रहेका प्रहरी कार्यालयले जनाएको छ।

सोमबार विहान प्रहरीले पक्राउ गर्ने बेला ढुंगामुढा हुन थालेपछि गाउँलेलाई त्यसो नगर्न सुझाएको तर प्रहरीले पक्राउ गर्ने बेला गाउँले उकासेको भन्ने कुरा गलत भएको १४ नम्बर वडाका अध्यक्ष नन्दलाल बढुवालले दावी गरेका छन्।

केही दिन अगाढी सोरु गाउँपालिका–७ जिमा गाउँमा पनि विप्लव समुहका कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरी माथिढुंगा मुढा भएको थियो। ढुंगामुढा गर्ने तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रशासन कार्यालयले जनही ५० हजार धरौटीमा छोडेको थियो।

प्रकाशित: १४ कार्तिक २०७६ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App