coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेतमा चोरीका घटना बढ्यो

सुर्खेत– पछिल्लो समय सुर्खेतमा चोरीका घटना बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो डेढ महिनाको अवधिका ३० भन्दाधेरै चोरीका घटना भएका छन्।

चाँडपर्वको बेला चोरीका घटना नियन्त्रण गर्न, शान्ति सुरक्षा कायम गर्नका लागि  सक्रियता बढाउनु पर्नेमा बजार क्षेत्रतिर प्रहरीको उपस्थिति देखिँदैन्।

‘नयाँ प्रहरी प्रमुख आएसँगै जनचेतनामूलक कार्यक्रम हुन छोडेका छन्, जनतासँग प्रहरीको दूरी बढ्दै गएको छ’ वीरेन्द्रनगरका एक व्यवसायीले भने, ‘प्रदेश राजधानीमा लुटपाट, चोरीका घटना शून्य हुनुपर्नेमा अघिल्ला वर्षको भन्दाबढी भइरहेका छन्।’

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घटना दर्ता भएका छन्। ‘दर्ता नभएका घटना पनि त्यतिकै हाराहारीमा छन्’ एक प्रहरी अधिकारीले भने, ‘प्रदेश राजधानीमा यस्ता घटना न्यूनिकरण हुनुपर्नेमा बढ्दै गएका छन्।’

सुर्खेत जिल्लाको प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्त असोज १ गते आएका थिए। उनले पहिलो पटक गरेको पत्रकार सम्मेलनमा चोरी, जुवातास, गुण्डागर्दी र लागूऔषध नियन्त्रणमा सक्रियता बढाउने प्रतिवद्धता जनाएका थिए। आफ्नै प्रतिवद्धता विपरित पक्राउ परेका जुवाडेलाईसमेत तिहार मनाउन छोडेको भन्दै आलोचना व्यहोरिरहेका एसपी विष्टको परीक्षणकालनै आलोचिन बनेको छ।

निजी क्षेत्रले चोरीका घटना नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीले सक्रिया बढाउनुपर्ने बताएको छ। ‘शान्तिपूर्ण व्यवसाय गर्न पाउनु र सम्पत्तीको रक्षा गर्न पाउनु व्यवसायीको अधिकार हो’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले भने, ‘शान्ति सुरक्षा कायम गर्न, समाजमा हुने अपराध नियन्त्रण गर्न स्थानीय प्रशासन र प्रहरीले सक्रियता बढाउनुपर्छ।’

एसपी पन्तले पछिल्लो समय चोरीका घटनामा बृद्धि भएको बताए। ‘उमेर नपुगेका २०–२२ जना बालकहरु चोरीमा संलग्न छन्,’ उनले भने, ‘पक्राउ गयो, अदालतले छोड्छ, फेरि चोरी सुरु गर्छन्।’ उनले पछिल्लो समय बढ्दै गएको चोरी नियन्त्रणका लागि स्थानीय तहले पनि सक्रियता बढाउनुपर्ने बताए। ‘उमेर पुगेकाहरु चोरीमा संलग्न भए अदालतले जेल पठाउँथ्यो, चोरीका घटना पनि कम हुन्थे’ उनले भने, ‘बालिबालिका भएकाले उनीहरुको पुर्नस्थापनालगायतका कार्यमा स्थानीय तहले सक्रियता बढाउनुपर्छ।’

एसपी पन्तले बालबालिकाहरुले ठूला पसलहरु भन्दा सानासाना पसल, घुम्तीहरु फाडेर चोर्ने गरेको बताए। ‘हाम्रो रेकर्डमा अहिलेसम्म ठूला चोरीका घटनाहरु भएका छैनन्’ एसपी विष्टले भने,‘हिरासतबाट छुट्ने वित्तिकै तिनै बालबालिकाहरुले सानासाना पसल र घुम्तीहरु चोर्ने गरेका छन्।’

 

प्रकाशित: १४ कार्तिक २०७६ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App