८ वैशाख २०८१ शनिबार
राजनीति

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडाैं महानगर र स्थानीय तहको होः मन्त्री राई

काठमाडौं– सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गरेका हुन्। बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका छन्।

उनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो पनि गरे। संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने स्पष्ट व्यवस्था गरेको छ,’ मन्त्री राईको असन्तुष्टि थियो। तर बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयले लिनु परेको छ।’ मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको पनि  स्पष्ट पारे।

मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताए।

प्रकाशित: १४ कार्तिक २०७६ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App