coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छठमय मधेस

छठ तयारीका तस्बिरहरुः मिथिलेश/नागरिक)

लहान– मधेस यतीबेला छठ पूजाको तयारीमा जुटेको छ। मधेसका जिल्लाहरुमा छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ। 

शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरु पोखरी, ताल, नदी किनारमा बनाइएको छठ घाटमा आउँछन्। जसका लागि नदी, खोला, तालको सरसफाई र सजावटको काम भइरहेको छ भने छठका लागि आवश्यक पर्ने सरसामग्रीहरु जुटाउनमा व्रतालुहरु व्यस्त भएका छन्।

लहान नगरपालिकाको रघुनाथपुर पोखरी र खुट्टी खोला घाटमा अहिले पन्डाल लगाउने, सजावट र सरसफाइ गर्ने काम भइरहेको रघुनाथपुर पोखरी छठ पूजा समितिका अध्यक्ष भुवनेश्वर महतोले बताए।

छठ पूजाका दिन आउने श्रद्धालु, दर्शनार्थी र व्रतालुका लागि रात्रि बसाइको व्यवस्था र सुरक्षाको व्यवस्था मिलाउने काम समेत अन्तिम चरणमा पुगेको छ। ईलाका प्रहरी कार्यालय लहानका प्रमुख(डिएसपी) भेषराज रिजालका अनुसार लहान क्षेत्रभित्रका छठ घाटमा सुरक्षितसाथ पूजाका लागि बन्दोबस्त मिलाइएको छ। 

जिल्लाभरका छठ घाटहरुमा सादा पोशाकसहितका सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। दशैंतिहारका लागि विशेष सुरक्षा योजना अनतर्गत परिचालित सुरक्षाकर्मीहरुलाई छठसम्मका लागि सोही अनुसार घटाइएको उनले बताए।

छठको घाट निर्माणस्थल तथा बजारहरुमा समेत छठकै गीतसंगीत गुञ्जिरहेका छन्। बिहिबार नहाय खाय गरी विधिवतरुपमा सुरु भएको घठ पर्वमा शुक्रबार खरना मनाइदै छ। शनिबार सौझका अर्घ (अस्ताउँदो सूर्यलाई अर्घ दिने) र आइतबार भोरका अर्घ (उदाउँदो सूर्यलाई अर्घ) दिएपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुन्छ।
 

प्रकाशित: १४ कार्तिक २०७६ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App