७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन देशका लागि नोक्सान : नेपाल

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले राखेको संविधान संशोधन प्रस्तावले देशलाई नोक्सान गर्ने बताएका छन्। 'सरकारले देशलाई नोक्सान गर्ने काम गर्न मिल्छ?' अमेरिकाको राजधानी वासिङटनमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन पुगेका नेपालले नागरिकसँग टेलिफोनमा भने, 'यस्तो प्रस्ताव पारित गर्न सम्भव छैन।'

सरकारले गर्नै नहुने काम गरेको बताउँदै नेपालले त्यसमा पनि एमालेको सहमतिविरुद्ध संशोधन प्रक्रिया अगाडि बढाएकोमा आपत्तिसमेत प्रकट गरे। 'व्यापक सहमतिको गफ हाँक्ने अनि एमालेलाई बेवास्ता गरेर कसलाई खुसी बनाउन खोजिएको हो?' प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व गठबन्धन सरकारले अघि बढाएको संशोधन प्रस्तावप्रति आपत्ति प्रकट गर्दै नेपालले भने। उनले प्रान्तीयसभा नबनी सीमांकनलाई तलमाथि गर्न नमिल्नेसमेत बताए।

युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित पाँचदिने ग्लोबल लिडरसिप समिटमा भाग लिन अमेरिका पुगेका नेपालसहितको संलग्नतामा 'शान्तिका लागि संसद्' नामक संस्था पनि स्थापित भएको छ। त्यसमा फिलिपिन्सका सभामुख, अमेरिकी कंग्रेस सदस्यसमेत छन्।

नेता नेपाललगायतले अमेरिकी संसद्को विदेश सम्बन्ध समितिका सदस्यसँग अन्तरक्रिया समेत गरेका छन्। नेपालले आफूहरूले पहलमा स्थापित इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्ट फर पिसले जलवायु परिवर्तन, सुशासन, आतंकवाद, पारिवारिक मूल्यलगायत विषयमा समेत काम गर्ने बताए।

कार्यक्रममा ५६ देशका सांसद, नेता, नागरिक समाजका सदस्य, धार्मिक नेतालगायतको उपस्थिति थियो। कार्यक्रम बिहीबार सम्पन्न भएको थियो। नेपालले कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै शान्ति प्रक्रियाको सफल कार्यान्वयनको अनुभव बाँडेका थिए।

प्रकाशित: १८ मंसिर २०७३ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App