coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किन घट्यो वीरगन्ज नाकाको राजश्व

वीरगन्ज – मुलुकको प्रमुख भन्सार नाका भएर हुने ब्यपार सरकारी आँकलन अनुसार हुन सकेको छैन। आयातबाट असुलहुने राजश्व पनि लक्ष्य भन्दा निकै पछाडि परेको छ।

चालु आर्थिक बर्ष २०७६/०७७ मा वीरगन्ज भन्सार कार्यालयले पहिलो ३ महिनाको लक्ष्यको ६८.२२ प्रतिशतमात्र राजश्व संकलन गरेको छ। साबिकको इनर्वा भन्सार नाका र एकिकृत जाँच चौकी (आइसिपी) बाट संचालित यो भन्सार कार्यालय राजश्व असुलीमा लक्ष्यभन्दा ३१.७८ प्रतिशत पछाडि रहेको तथ्यांकले देखाएको छ।

बाउन्न अर्ब ९७ करोड ५५ लाख ९७ हजार रुपैया साउनदेखी असोजसम्ममा राजश्व असुलीको लक्ष्य रहेकोमा यस कार्यालयले छतिस अर्ब १४ करोड २४ लाख १२ हजार रुपैया मात्र राजश्व उठाउन सकेको छ। भन्सार भएर हुने आयात लक्ष्य अनुसार हुन नसकेपछि राजश्व असुली घटेको भन्सारका अधिकृत बताउछन्।

समग्रमा मुख्य बस्तुहरुको गाडि, औद्योगिक कच्चा पदार्थको रुपमा आयातहुने बिभिन्न खाले फलाम, ट्रक तथामिनि ट्रक, मोटरसाइकल, अन्य औद्योगिक कच्चा पदार्थ र ठुला परियोजनाका समानहरु आयातमा कमी भएपछि राजश्वमा असर पुगेको कार्यालयका प्रवक्ता मनिसकुमार महतो बताउछन्। 

आयातकर्ता ब्यपारीहरुको भनाई भने फरक छ। पहिले एउटा मात्र नाका भएर संचालित रहेको भन्सार कार्यालयले पाएको लक्ष्यलाई उछिन्दै राजश्व संकलन गरिरहेको थियो भने अहिले २ वटा नाकाबाट पनिलक्ष्य पुरा हुन नसकेकोमा भन्सारको कार्यसम्पादनलाई आयातकर्ता ब्यपारीले एउटा कारण मानेका छन्।

‘धेरैवटा बस्तु यस्ता छन् जसमा वीरगन्ज नाकामा अधिक भन्सार महसुल असुलिन्छ भैरहवास्थित सुनौली नाकामा उस्तै बस्तुमा लाग्ने महसुल फरक छ,’ मेशिनरीका आयातकर्ता रहेका एक ब्यपारीले नागरिकलाई भने, ‘धाँधलीपुर्ण ब्यवहार छ, त्यस कारण आयात पलायन हुँदैछ।’ उनले भन्सारका जिम्मेवार ब्यक्तिहरुको ब्यवहार ‘असलब्यपार’संग मैत्रीपुर्ण नरहेको आरोप लगाए। 

वीरगन्ज नाका भएर भन्सार भित्रैबाट तस्करीका घट्ना समेत उजागर भएका छन्। बीरगंज भन्सारबाट जाँचपास भई छुटेको‘ओआर १४ एक्स २१९६’नम्बरको मालबाहक ट्रक बीरगंज माहानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चौकबाट भदौ ११ गते सशस्त्र प्रहरी बलले नियन्त्रणमा लियो।

सशस्त्र प्रहरीले अनुसन्धानका लागि राजश्व अनुशंधान बिभाग मध्यमाञ्चल क्षेत्रिय ईकाई कार्यालय पथलैया बारामा बुझाएको उक्त भारतिय नम्बरको गाडिमा भन्सारको प्रज्ञापन अनुसार कागज आयात भएको थियो। गाडीबाट करिव ३५ लाख रुपैया बराबरको अबैध लत्ता कपडा बिनाबिलबिजकको बरामदभयो। गाडीबाट २४ पोका अबैध कपडा राजश्व अनुशंधान कार्यालय बाराले आज चेकजाचको क्रममा बरामद गरेको थियो। 

भन्सारमा हरिायो, पहेलो र रातो ३ रंगको अर्थात ३ वटा च्यानलबाट प्रज्ञापन पास हुने गरको छ। हरियो रंगको प्रज्ञापन अर्थात ग्रिन च्यानलबाट भित्रिने समानमा भौतिक चेकजाँच गरिरह्नु नपर्ने भएकोले सोहीअनुसार कागजात हेरेर उक्त गाडि पठाइएको भन्सारको प्रतिक्रिया छ। कपडा सिमापारीबाट सोही ट्रकमा हालिएर भन्सार भएर भित्रिएको वा भन्सार प्रक्रियापछि उक्त गाडिमा कपडा हालिएको अनुसन्धानमा खुल्न सकेको छैन। भारत बिहारको मुजफरपुरबाट कपडा उक्त गाडिमैंलोड भएर आएको स्रोतको दावी छ। 

यसअघि भन्सारबाट निकासी भएको तयारी छालाको गाडिबाट दशगजापार गर्ने बेलाजाँचगर्दा १२ टन मरिच बरामद भएको थियो। त्यसतै भुस भनेर निकासी भएको गाडिबाट केराउ बरामद भएको थियो। यसरी भन्सार भित्रैबाट मिलोमतोमा अबैध निकासी पैठारी यस नाकाबाट भएको घट्नाकाहरु दोहरिएका छन्।

भन्सार भित्रैबाट हुने यस्ता गतिबिधिले राजश्व असुलीमा धक्का पुगेको मानिएको छ। त्यसतै भन्सार बाहिरबाट समेत बिभिन्न बाटो प्रयोग गरी चोरी पैठारीको घट्ना बढेकोले त्यसको असर पनि राजश्व असुलीमा परेको देखिन्छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App