६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले संशोधन पक्षमा आउँछ : देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव बहुमतले पारित हुने दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारस“ग कुरा गर्दै देउवाले सबै दलस“ग छलफल गरेर संशोधन प्रस्ताव ल्याएकाले बहुमतले पारित हुने दाबी गरेका हुन्।

 संसोधन प्रस्तावको पक्षमा संयुक्त मधेसी मोर्चा मात्रै नभई प्रमुख प्रतिपक्ष एमालेसमेतले मतदान गर्ने ठोकुवा देउवाले गरे । उनले भने, 'सबैदलस“ग छलफल गरेर प्रस्ताव दर्ता गरिएकाले अहिले बाहिर जे देखिए पनि मधेसी मोर्चा र एमालेले पनि पक्षमै मतदान गर्छन्।’

प्रदेश छुट्याएको भन्दै आन्दोलनमा उत्रेकालाई पनि चा“डै मिलाउने देउवाले बताए। उनले भने, 'आन्दोलन गर्नेलाई सम्झाइबुझाई चा“डै मिलाउ“छौं।’ मधेस र पहाडको विवाद बढाएर निकास ननिस्कने उनको धारणा छ।

उनले स्थानीय निकायको निर्वाचन भने पुरानै संरचनाका आधारमा हुने सम्भावना रहेको बताए। उनका अनुसार प्रतिपक्ष एमालेले पुरानै संरचना अनुसार निर्वाचन गर्न भनिरहेको र कांग्रेस पनि पुरानै संरचनामा चुनाव गर्न सकारात्मक छ। देउवाले माओवादी केन्द्र र अन्य दल पनि पुरानै संरचनाको आधारमा स्थानीय निर्वाचनमा जान सहमत भए विलम्ब नहुने बताए।

१४ किलोको माला

कांग्रेस सभापति निर्वाचित भए पछि पहिलोपटक विराटनगर आएका देउवालाई विराटनगरमा भव्य स्वागत गरिएको छ। मोरङ कांग्रेसले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै १४ जिल्लाको प्रतिकका रुपमा १४ किलोको मालाले देउवाको स्वागत गरेको हो। मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, सचिव नागेश कोइरालालगायत पदाधिकारीले देउवालाई १४ किलोको माला लगाइदिएका थिए।

यसैगरी देउवाले इटहरीमा व्याब्सन सुनसरीको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस–एमालेबीच भएको पुरानो सहमति अनुसार नै अहिले संविधान संशोधन प्रस्ताव आएकाले एमालेले विरोध गर्नुको अर्थ नभएको बताए। 'एमाले हठ त्यागेर सहमतिमा आउनुपर्छ, मधेसवादी दल पनि केही लचिलो हुनुपर्छ,' देउवाले प्रश्न गरे, 'विगतमा एमालेसँग भएकै सहमतिअनुसार संविधान संशोधन प्रदेश सीमा हेरफेर प्रस्ताव गरिएको हो। अहिले आएर उसले नमान्नुपर्ने कारण केही छ?'

प्रकाशित: १८ मंसिर २०७३ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App