७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशी पर्यटक पनि रमाए तिहारमा

पोखरा – पोखरास्थित पश्चिमाञ्चल होटल संघले आयोजना गरेको भाइटीका महोत्सवमा ३० जना विदेशी पर्यटकले सहभागिता जनाएका छन्। पछिल्लो १३ वर्षदेखि नियमित विदेशी पर्यटकसँग तिहार मनाउदै आएको संघले लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा सामूहिक भाइटीका कार्यक्रममा पर्यटकलाई सहभागी गराएको हो। उक्त कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका तथा फूलमालासहित उपहार दिएका थिए।

संघका अध्यक्ष विकल तुलाचनका अनुसार स्वदेशी तथा विदेशी पर्यटकसँग आपसी भाइचारा अभिवृद्धि गराउन सामूहिक टीका कार्यक्रमले महŒवपूर्ण योगदान पु¥याउन सक्छ। नेपालको संस्कृतिलाई विश्व जगतमा चिनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने  उद्देश्यले हरेक वर्ष कार्यक्रम आयोजना गरिँदै आएको उनको भनाइ छ।    

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी–भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने, खुवाउने कार्यक्रम महोत्सवमा समेटिएको थियो। संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने नाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए।

महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठको भनाइ छ। सो महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको संघका महासचिव गणेशराज पहारीको भनाइ छ। तिहारको मौका पारेर पछिल्लो समय विदेशी पर्यटक नेपाल आउने क्रम बढ्दै गएको उनले बताए।

महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रोपटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण सहयोग पुग्ने धारणा राखे। टेम्पल ट्री रिसोर्ट एन्ड स्पा, काल्र्सबर्ग बियर र वटरफ्लाई फाउन्डेसन नेपालले सहयोग गरेको सो महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो।

नेपालमा पर्यटकको संख्या बढाउन तथा उनीहरुको नेपाल बसाइ अवधि लम्ब्याउन कार्यक्रमले महŒवपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ। पछिल्लोपटक नेपालमा हुने विभिन्न रोपाइँ महोत्सव, होली लगायत कार्यक्रममा विदेशी सहभागी हुने क्रम बढ्दै गएकामा पछिल्लो समय तिहारप्रति पनि विदेशी मोह बढ्दै गएको जनाइएको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App