८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आतंकवादसम्बन्धी चिनियाँ प्रस्तावमा ५४ देशकाे समर्थन

न्युयोर्क – आतंकवादविरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रतिआतंकवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रले समर्थन गरेका समाचारमा जनाइएको छ।

चीनले सिनजियाङका उइगुर नामक समूहका विषयलाई लिएर प्रतिआतंकवादसम्बन्धी प्रस्ताव राखेको थियो। चीनको उक्त प्रान्तका बारेमा चीनले राष्ट्रसंघीय विशेष सत्रमा राखेको प्रस्तावको समर्थन गरिएको संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधिले जानकारी दिएका छन्।

संयुक्त राष्ट्र संघका लागि बेलारुसका स्थायी प्रतिनिधि भ्यालेन्टिन रिबाकोभले चिनियाँ प्रस्तावमा बेलारुससहित विश्वका ५४ देशको समर्थन रहेको जानकारी उक्त बैठकमा दिएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्र संघीय मानवअधिकारसम्बन्धी तेस्रो सत्रको मंगलबार बसेको बैठकमा चीनले सो प्रस्ताव राखेको थियो। उक्त बैठकमा ती देशले तत्कालै चीनको पक्षमा मत जाहेर गरेका राष्ट्र संघका लागि बेलारुसका स्थायी प्रतिनिधि रिबाकोभले जानकारी दिए।

उनले सो प्रस्तावको समर्थनमा आफ्ना धारणा राख्दै चीनको प्रसंशा पनि गरेको बताइएको छ। प्राप्त समाचारमा उनले चीनले मानवकेन्द्रित विकास गरेको भन्दै वर्तमानमा चीनको विकास उल्लेखनीय रहेको जानकारी पनि दिएका थिए।

चीनको सो प्रस्तावअनुसार सियानजिङमा विभिन्न जातीय समूहको मानवअधिकारको संरक्षण र सम्बद्र्धनका क्षेत्रमा सहयोग पुग्ने छ। चीनको उक्त क्षेत्रमा जारी रहेको मानवअधिकारको विषय र अवस्थालाई लिएर विश्वका कतिपय देशले लगाउने गरेको आधारहीन आरोपको पनि सो प्रस्तावमा खण्डन गर्दै वास्तविक अवस्था बुझ्न सहयोग पुग्ने जिकिर गरिएको थियो।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App