संसोधनमा चासो

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

शुक्रबार, १७ मङि्सर २०७३, २१ : २१ टेकनारायण भट्टराई  | @Teknarayan_

कठमाडाैं-नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ। 

संविधान संशाेधन प्रस्तावमा देखिएको मोर्चाको विमतिलाई सहमतिमा ढाल्न राजदूतले दलका अध्यक्षलाई ‘कन्भिन्स’ गर्ने बुझिएको छ।

शनिबार बिहानको लन्चसहितको छलफलका लागि टेलिफोन गरेर अध्यक्षहरूलाई खबर गरिएको उच्च स्राेतले नागरिकन्युजलाई बतायो।

‘अध्यक्षहरूसँग महामहिमले भेट्ने इच्छा गर्नु भएको छ, भोली ९ बजे आइदिनुहोला भनेर फोनमार्फत खबर आयो ,’ स्राेतले भन्याे।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीबाहेक बाँकी सबै दलका अध्यक्ष काठमाडाैंमै रहेकाले उनीहरू दूतावासको निम्तोमा सरिक हुने बुझिएको छ। मोर्चामा सात दल सम्बद्ध छन्।

प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भारत संविधान संसोधन प्रस्तावको पक्षमा देखिएको छ। तर संशाेधन प्रस्तावको विरोधमा व्यापारिक केन्द्र बुटवलसहित पश्चिम पहाडका जिल्लामा आन्दोलन चर्किएसँगै झस्केको सत्ता पक्षका लागि तनावको पारो त्यतिबेला थपियो जब मधेसी मोर्चाको पनि संसोधन प्रस्तावमा समर्थन रहेन।

राजदूत रे ले मोर्चालाई प्रस्तावको समर्थनमा उभिन ‘कन्भिन्स’ गर्न सकेको खण्डमा सत्ता पक्षको तनाव केही मत्थर हुनेछ। तर सीमांकन विवादले तातेको शुक्रबारको बुटवलको ‘मुड’ले ‘मोर्चा फकाउँदैमा केही हुनेवाला छैन’ भन्ने सन्देश दिएको देखिन्छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad