८ वैशाख २०८१ शनिबार
अर्थ

फास्ट ट्रयाक र विमानस्थल निर्माण गराउन काठमाडाैंसम्म पैदल यात्रा

फास्ट ट्रयाक र विमानस्थल निर्माण गराउनको लागि सरकारलाई दवाव दिने उदेश्यले सेनाले खोलेको ट्रयाकबाट शुक्रबार निजगढबाट पैदाल यात्रा शुरु गर्दै स्थानीय। तस्बिरः उपेन्द्र यादव

बारा– काठमाडौं–तरार्इ द्रूत मार्ग र बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र शुरु गर्न सरकारलाई दबाब स्वरुप स्थानीय नागरिकको एक समुहले बारादेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका छन्।

उक्त पैदल यात्रमा ६० जना स्थानीय युवा सहभागी छन्। काठमाडौं–तरार्इ फास्ट ट्रयाकका लागि खोलिएको ट्रयाकबाट उक्त समुहले पैदल यात्रा गरी ३ दिनमा काठमाडौं पुग्ने जनाइएको छ। निजगढदेखि तीन दिनपछि काठमाडौं पुगी फास्ट ट्रयक र विमानस्थन निर्माणको लागि सरकारवाला निकायलाई दवाव दिने कार्यक्रम रहेको बताइएको छ।

पैदल यात्रा शुरु गरेका स्थानीयहरुले काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका शीर्ष राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी फास्ट ट्रयक र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अगाडी बढाउनको लागि दवाव दिने कार्यक्रम रहेको फास्ट ट्रयाक र विमानस्थल निर्माण संघर्ष समितिका संयोजक रवीराज दंगालले बताए।

‘काठमाडौ–बारा फास्ट ट्रयाकको ७६ किलोमिटर ट्रायक नेपाली सेनाले निजगढदेखि ललितपुरको खोकनासम्म खोलेको तीन वर्षभन्दा बढी समय बित्तिसकेको छ,’ दंगालले भने, ‘लामो समय बित्दा पनि सरकारले त्यसमा थप लगानी गर्न सकेको छैन।’

सरकारको ढिलासुस्तीले गर्दा यसको निर्माण कार्य दिनप्रति दिन पछाडी थकेलिँदै गएकोले अब पहिला जस्तै यसको निर्माणमा  ढिलाई नहोस् भनी स्थानीहरु यसको निर्माण कार्य शुरु गर्नको लागि सम्बन्धित अधिकरीहरुलाई दवाव दिन काठमाडौंंसम्म यहीबाटो हुँदै पैदल हिँडेको बताए।

फास्ट ट्रयाक निर्माणको लागि सरकारले एक अर्ब ६४ करोड रुपैयाँ अहिलेसम्म खर्च गरिसकेको भौतिक निर्माण मन्त्रालयले जनाएको छ ।

ट्रयाल खोल्न ८२ करोड निर्माणमा र बाँकी मुआब्जा वितरणमा खर्च र भए पनि सरकारले समयमै फास्टट्रयाक कार्य पूरा नगराउँदा शुरुमा गरिएको लगानीसमेत डुब्ने अवस्था आएकोले स्थानीयहरुले बताएका छन्।

‘सरकारको मुख हेर्दा हेर्दै फास्ट ट्रयाकको निर्माण कार्यमा वर्षौदेखि कुनै प्रगति देखिएनन्,’ व्यवसायी इच्छाबहादुर वाग्लेले भने, ‘अहिले बाध्य भएर स्थानीयहरुले सरकारलाई दवाव दिने भिबिन्न कार्यक्रम गर्नु शुरु गर्नु परेको छ।’

‘२०६६ कात्तीक २३ गते शिलान्यास गरिएको फास्ट ट्रयाकको टा«यक सेनाले खोलेपछि सरकारले चाहेको भए अहिलेसम्म यो निर्माण भई सकेको हुन्थ्यो,’ वाग्लेले भने। फास्ट ट्रयाक निर्माण भएपछि काठमाडौंदेखि निजगढ सवारी साधनका लागि करिब एक घण्टाको दूरी उनले जनाए ।

काठमाडौंबाट बारा एक घण्टामामा पुगिने भएपछि यस यस रुटमा गरिने यात्राले समय र इन्धनको बचत गराउने देखिएको छ। यसले विकास निर्माणमा यो फास्ट ट्रयाकले ठूलो भुमिका खेल्न सक्ने यसको निर्माणको लागि सवै स्थानीयहरु एक भएर सरकारलाई दवाव दिने कार्यमा लागेको बुझिएको छ।

त्यसैगरी गढीमाई नगरपालिका–१६ टाँगिया बस्तीका दोस्रो विमानस्थल निर्माण हुने २०५१ सालदेखि हल्लाका चले पनि सरकारले यसको निर्माणमा समेत ध्यान नदिएको फास्ट ट्रयाक र विमानस्थल निर्माण संघर्ष समितिका सदस्य पेमा लामाले बताएका छन्।

विमानस्थललाई आवश्यक पर्ने १२ सय बिघा जग्गाको चार किल्लाभित्र अधिकांश ऐलानी जग्गा रहेको भए पनि सरकारले त्यसको निर्माणमा सक्रियता नदेखाएकोले स्थानीयहरुले शुरु गरेका संघर्षको कायक्रमले यसको निर्माणमा समेत सहयोग पुग्ने लामाले बताए।

प्राधिकरणले यो विमानस्थल निर्माणमा ७ खर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरेकोमा सरकारले आफै बनाउन नसक्दा दातृ निकायहरुबाट यसलाई निर्माण गराउन  पहल गर्नुपर्ने अर्का सदस्य महेश्वर अधिकारीले बताए।

नेपालबाट ठूला विमान (वाइड बडी) को उडान तथा अवतरण हुने, नेपालले आकाश बेचेरै लाभ लिन सक्ने, सिधै युरोप तथा अमेरिकामा उडान हुने, विश्वसँगको हवाई पहुँच बढ्ने तथा ट्रान्जिट गन्तव्यका रूपमा नेपाललाई विकास गर्न सकिनेसहितको लाभ लिने सकिने सम्भावन रहेको भए पनि सरकारले किन ढिला सुस्ती गरेको बुझन नसकिएको अधिकारीले बताए।

दक्षिण एसियाकै सबैभन्दा बढी क्षेत्रफलमा निर्माण हुने यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने अगुमान गरिएको छ ।

ठूलो संख्यामा बिदेशी यात्रुहरु नेपालमा आए पछि यसबाट यस क्षेत्रको सँग सँगै सिगो देशकै विकासमा सहयोग पुग्ने भएकोले यसको निर्माण कार्यको लागि सरकारलाई निरन्तर दवाव दिन जरुरी रहेको अधिकारीले बताए।

 

 

प्रकाशित: १७ मंसिर २०७३ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App