अब नेपाल मै कलेजो प्रत्यारोपण

शुक्रबार, १७ मङि्सर २०७३, १७ : ३३ नागरिक

काठमाडौं- स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो। नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ।

स्वास्थ्यमन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने घोषणा गरेकोमा तीन महिनामै घोषणा पुरा भएको हो। नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर ठूलो रकम खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए।

कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैयाँ सम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयाँमा प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले बताए। 

मानव अंग प्रत्यारोपण केन्द्रले त्यसको प्राविधिक तयारी गरिरहेको छ । केन्द्रले कलेजो प्रत्यारोपण सम्बन्धी ख्याति प्राप्त डाक्टर सहितको विदेशी टोली बोलाएर केही हप्तापछि  नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने तयारी गरेको उनले बताए। 

केन्द्रका निर्देशक डा श्रेष्ठले लामो समय सम्म हुन नसकेको यो काम अहिलेका स्वास्थ्यमन्त्री थापाको विषेश चासो र सक्रियताले संभव भएको बताए। “नियमावली पास गर्न मन्त्रीज्यूले गर्नु भएको तदारुकताबाट ब्रेन डेथ भएकाको अंग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुल्ला गरेर हामीलाई थप उत्साहित बनाएको छ,” डा श्रेष्ठको भनाई छ।

 

 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad