coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्याको आरोपमा बाबुछोरा पक्राउ

सप्तरी– कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।  

 जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार  र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक  गरेको हो।  

मृतकका  आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफनो छोरा हराएको भन्ने दिएको निवेदन र निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा अनुसन्धान गरिएको थियो।

बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।   

घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो। 

त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का मानी खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत जस्तो देखिने रातो पदार्थ फेला पारिएको  र उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक  प्रसाईले बताए। कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०७६ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App