coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावमा ५४ देशको समर्थन

न्यूयोर्क- आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्।
चीनले प्रति आतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ।

चीनले यहाँको सिनजियाङका उइगुर नामक समूहका विषयलाई लिएर प्रति आतङ्कवादसम्बन्धी प्रस्ताव राखेको थियो। चीनको उक्त प्रान्तका बारेमा चीनले राष्ट्रसंघीय विशेष सत्रमा राखेको प्रस्तावको समर्थन गरिएको संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधिले जानकारी दिए।

संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि भ्यालेन्टिन रिबाकोभले बेलारुससहित विश्वका ५४ देशहरुको समर्थन रहेको जानकारी उक्त बैठकमा दिएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी तेस्रो सत्रको मङ्गलबार बसेको बैठकमा चीनले सो प्रस्ताव राखेको थियो। उक्त बैठकमा ती देशले तत्कालै चीनको पक्षमा मत जाहेर गरेका राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि रिबाकोभले जानकारी दिए।

उनले सो प्रस्तावको समर्थनमा आफ्ना धारणा राख्दै चीनको प्रसंशा पनि गरेको बताइएको छ। प्राप्त समाचारमा उनले चीनले मानवकेन्द्रित विकास गरेको भन्दै वर्तमानमा चीनको विकास उल्लेखनीय रहेको जानकारी पनि दिएका थिए। उक्त प्रस्तावअनुसार सियानजिङमा विभिन्न जातीय समूहको मानवअधिकारको संरक्षण र सम्बद्र्धनका क्षेत्रमा सहयोग पु्र्‍याउने छ।

सो प्रस्तावमा चीनको उक्त क्षेत्रमा जारी रहेको मानवअधिकारको विषय र अवस्थालाई लिएर विश्वका कतिपय देशहरुले लगाउने गरेको आधारहिन आरोपहरुको पनि खण्डन गर्दै यहाँको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउने त्यस बैठकमा वितरण गरिएको सो प्रस्तावमा जनाइएको समाचारमा उल्लेख छ। सिन्ह्वा

प्रकाशित: १३ कार्तिक २०७६ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App