coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि ग्राण्डी अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन्।

ओलीलाई बुधबार विहान सरकारी निवास बालुवाटारबाट धापासीस्थित ग्राण्डी अस्पताल लगिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल गएको बताए। 

‘प्रधानमन्त्रीज्यू नियमित चेकजाँचका लागि ग्राण्डी जानुभएको हो। स्वास्थ्य अवस्था ठिक छ। अब फर्किँदै हुनुहुन्छ’, अर्यालले भने। 

उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यको सबै मेडिकल रिपोर्ट सामान्य छ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको दुई महिनाअघि सिंगापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

मृगौला प्रत्यारोपणपछि ओलीले नियमित स्वास्थ्य चेकजाँच गराउँदै आएका छन्। 

प्रकाशित: १३ कार्तिक २०७६ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App