८ वैशाख २०८१ शनिबार
समाज

रक्सी पिएर खुकुरी प्रहार, श्रीमती र आफन्त घाइते

तेह्रथुम– खुकुरी  प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले  पक्राउ गरेको छ।

मादक पदार्थ सेबन गरी श्रीमती ४२ बर्षिया कुमारी बिक र पाहुना आएका मेन्छ्यायेम गापा ६ बस्ने  ५९ बर्षीय डम्बर बहादुर सुनवारलाई खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किशोर प्रधानले जानकारी दिए।

रसाइलीले मंगलबार खुकरी प्रहार गर्दा श्रीमती बिकको टाउकोमा र पाहुना आएका सुनवारको दाहिने हातमा चोट लागेको छ। सख्त घाइते भएका सुनवारलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ भने विकको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको पारिवारले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७६ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App