१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन प्रस्ताव परिमार्जन गरे मान्य हुन्छः महतो

विराटनगर– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन गरे मोर्चालाई मान्य  हुने बताएका छन्। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी संशोधन प्रस्ताव सुधार गरे मोर्चालाई मान्य हुने बताएका हुन्।

अहिलेकै अवस्थामा संशोधनको प्रस्ताव अधकल्चो भएकाले मान्न नसकिने महतोले बताए। ‘परिमार्जन गरे मान्न तयार छौं,’ महतोले भने, ‘अहिलेकै अवस्थामा भने स्वीकार्य हु“दैन।’ उनले संशोधन परिमार्जन गरेर समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्दै परिमार्जन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने चेतावनी दिए।

संसदमा पेश भएको संसोधन प्रस्तावले आन्दोलनको मागलाई सम्बोधन गर्न नसकेको महतोको भनाइ छ। ५ नम्बर प्रदेशबाट तराईका जिल्ला छुट्याएको विरोधमा भएको आन्दोलन  एकात्मक सोचको उपज भएको महतोले आरोप लगाए। उनले भने, ‘एकात्मक शासनको सोचको उपजका रुपमा आन्दोलन भइरहेको छ।’

 

प्रकाशित: १७ मंसिर २०७३ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App