७ वैशाख २०८१ शुक्रबार
समाज

पटका पड्काउँदा आगलागी

राजविराज- पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार राति ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ। राजविराज नगरपालिका ८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी र्दि। उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ।

सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ। समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ।

प्रकाशित: १३ कार्तिक २०७६ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App