८ वैशाख २०८१ शनिबार
राजनीति

चाडपर्वमा जुवातास नखेल्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन्।

तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गरेका हुन्। 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिइरहेको पनि स्मरण गराए। ‘तिहारले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित, मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित, व्यवस्थित गराउन ठूलो योगदान गरेको छ’, मंगलबार सरकारी निवास बालुवाटारमा चार बहिनीहरुबाट टीका ग्रहण गरेपछि ओलीले भने।

‘तर तिहारमा नराम्रा क्रियाकलाप हुने गरेकाले ती क्रियाकलापहरुलाई हामीले छोडनुपर्छ, ती हाम्रा परम्परा होइनन्, त्यस्ता विकृतिलाई छाडेर सुकीर्तिलाई अघि बढाउन र अपनाउन म सबैलाई आग्रह गर्दछु’, उनले थपे।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा सबै नेपाली जनताको उन्नति र प्रगतिको कामना पनि गरे। उनले तिहार चाडले दिदीबहिनी र दाजुभाईबीचको मात्रै नभई सिंगै परिवारको सम्बन्धलाई सुमधुर बनाउन पनि महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराए।

प्रकाशित: १२ कार्तिक २०७६ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App