४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीले बहिनीको हातबाट टीका लगाए (फाेटाे फिचर)

तस्बिर सौजन्य: कृष्ण पौड्‍याल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए।

प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।

साइतभन्दा ढिलाे टिका

प्रधानमन्त्री ओलीले साइतभन्दा डेढ घण्टा ढिलो टिका लगाए।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने राज्य सञ्चालकले साइतमै टीका लगाउँदा उपयुक्त हुने सुझाव दिएको थियो। तर, कम्युनिस्ट पृष्ठभुमीबाट आएका प्रधानमन्त्री ओलीले साइतको ख्याल गरेनन्।

उसो त टिकाका लागि आज दिनभर नै साइत रहेको छ। तर, राज्य सञ्चालकको हककमा भने समितिले साइतमा जोड दिएको थियो। 

तस्बिर सौजन्य: कृष्ण पौड्‍याल
तस्बिर सौजन्य: कृष्ण पौड्‍याल
तस्बिर सौजन्य: कृष्ण पौड्‍याल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App