७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वराजाकाे चेतावनी: 'परिवर्तनकारी शक्तिहरु नै अप्ठेरोमा पर्न सक्छन्'

काठमाडाैँ – पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । 

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अफ्ठ्यारोमा पर्ने बताएका हुन् । 
मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए । 

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ ।’ 

पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे । 

पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए । 

‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाइ थियो ।

साे अघि पूर्व राजा ज्ञानेन्द्र शाहले टीका लगाए थिए। पूर्वराजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्।

उनले भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका थिए। पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए।

 

प्रकाशित: १२ कार्तिक २०७६ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App