प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

मङ्गलबार, १२ कार्तिक २०७६, १३ : ३६ नागरिक

गलेश्वर- म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ।

स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो। तीन करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताए।

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन विसं २०७२ को महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए।

साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो।

'विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीहरुबाट मनग्गे सहयोग भएको छ', विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेनपा–३ का वडाध्यक्ष पदम पुनले भने, 'दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधासम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीहरुप्रति हामी आभारी छौँ।'

विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो। रासस






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad