coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी १ जनाको ज्यान गएको छ ।

भूकम्पको केन्द्रविन्दु कोटाबाटो प्रान्तको तुलुनान शहरभन्दा उत्तरपूर्व रहेको बताइएको छ ।

फिलिपिन्स इन्सिटिच्युट अफ भोल्कालोलोजी एण्ड सिल्मोलोजीका अनुसार केन्द्रविन्दु मनिलाबाट ९७२ किलोमिटर दक्षिणतर्फ रहेको थियो । एक हप्ता अघि मात्र सोही क्षेत्रमा भूकम्पमा जाँदा ७ जनाको मृत्यु भएको थियो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको भूगर्वविद्हरुले बताएका छन् ।भूकम्पमा परी डाभाओ डेल सुर प्रान्तका १५ वर्षीय विद्यार्थीले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

 

प्रकाशित: १२ कार्तिक २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App