८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा १८ वर्षीया किशोरीमाथि बलात्कार, अखिलका केन्द्रीय सदस्य पक्राउ

काठमाडाैँ – अखिलका केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ परेका छन् । पीडित किशोरीको उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका हुन्। एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

उनका अनुसार पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानको आधारमा राईलाई साेधपुछकाे लागि नियन्त्रणमा लिएका छाैँ। प्रहरीलाई ती किशोरीले राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको आफ्नो साथीको कोठामा लगी बलात्कार गरेको बयान दिएकी छन् । पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७६ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App