coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाहिरी बजारभन्दा सस्तो हुँदा पनि बिकेन सहुलियत चामल

तुलसीपुर- चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन। चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चामल अनुमान गरिएको भन्दा कम मात्रामा बिक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

उक्त लिमिटेडले प्रत्येक वर्ष दसैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई सहुलियतको चामल उपलब्ध गराउँदै आएकामा यस वर्ष २०० क्विन्टल जिरा मसिनो र २०० क्विन्टल सोना मन्सुली चामल ल्याए पनि अहिलेसम्म दुवै चामल गरी २९ क्विन्टल मात्रै बिक्री भएको छ।

कार्यालय प्रमुख माधव मिश्रका अनुसार भदौं अन्तिम सातादेखि सहुलियतमा चामल बितरण गर्न सुरु गरिएको र अहिलेसम्म सोना मन्सुली एक क्विन्टल ५० किलो र जिरा मसिनो चामल २६ क्विन्टल ५० किलो मात्रै बिक्री भएको छ।

गत वर्ष ६०० क्विन्टल चामल ल्याइएकामा सबै बिक्री नभएकाले यस वर्ष ४०० क्विन्टल मात्रै चामल ल्याइएको थियो तर त्यो पनि उल्लेख्यरूपमा बिक्री हुननसकेको उनी बताउँछन्।

खाद्य संस्थानले जिरा मसिनो चामल न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ। दुबै प्रकारका चामलमा पाँच सय रुपैयाँ छुट गरिएको छ। अहिले जिरा मसिनोको बजारमूल्य प्रतिक्विन्टल पाँच हजार ६ सय रुपैयाँ पर्ने भए पनि छुटमा पाँच हजार १ सय रुपैयाँमा पाइने प्रमुख मिश्र बताउँछन्।

त्यस्तै सोना मन्सुलीको बजार मूल्यप्रति क्विन्टल चार हजार सात सय रुपैयाँ पर्ने भए पनि सहुलियतमा चार हजार दुई सय रुपैयाँ पर्ने उनको भनाइ छ। उपभोक्ताले भने संस्थानले बितरण गर्दै आएको चामल गुणस्तर नभएको गुनासो गर्दै आएकामा प्रमुख मिश्र आफूहरूले गुण्स्तरहीन चामल बिक्री नगरेको बताउँछन्।

प्रकाशित: १२ कार्तिक २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App