१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छठ अगाडि प्रदुषण रोक्न निर्देशन

वीरगन्ज  – तराई मधेशको प्रमुख पर्व र सामुहिक महोत्सको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार अनुगमन गरिएको छ।

बीरगजका नगरप्रमुख बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टराई, जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा लगायत सम्लित अनुगमन टोलीले पर्सा बारा करिडोरका उद्योगहरुलाई छठ अगाडि कुनै पनि किसिमको फोहोर नदी वा नदीछेउमा उत्सर्जित नगर्न निर्देशन दिएको छ।

करिडोरमा रहेका उद्योगमध्ये मुख्य प्रदुषणकर्ताको रुपमा चिनिएका ८ वटा उद्योगहरुमा टोली पुगेको थियो। खास गरी ६ वटा छाला उद्योगहरुलाई टोलीले बिशेष रुपमा निर्देशन दिएको हो। ‘छठ पुजा अगावै केही हदसम्म भएपनी सिर्सिया नदीलाई सफÞा बनाउने प्रयास स्वरूप आज मेरो नेतृत्वमा हामीले बिभिन्न उधोगमा अनुगमन गरी फोहर पानी रोक्न भनेका छौं,’ साँसद यादवले भने, ‘यस भेगका जनता औद्योगिक प्रदुषणले आजित छन्, अहिलेलाई छठ पुजासम्मलाई लक्षित गरी निर्देशन दिइएको छ, छठपछि दिर्घकालीन समाधानका निम्ति आवश्यक कदम चालिने छ।’

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले आफुले सिर्सिया प्रदुषण नियन्त्रणका लागि पहल थलिसकेको दावी गरे। उनले उद्योगहरुलाई आफ्नै हाताभित्र आफ्नो फोहोरको ब्यवस्थापन गर्न भनेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले उद्योग स्थापना गर्ने बेलामा स्विकृत वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पालना गर्न सबै उद्योगलाई निर्देशन दिए।

उनले भने,' छठ अगाडी भने कुनै पनि किसिमको बस्तु उद्योगमा न बगाउन नफाल्नु।'खास गरेर प्रत्येक वर्षको छठ पर्वको समयमा नदी वरपरका गाउँहरुबाट स्थानीय प्रशासनलाई घच्घच्याउने काम भने नियमित जस्तै हुँदै आएको छ।

निर्वाचित जनप्रतिनिधि आएपछि उनीहरुलाई सामुहिक रुपमा भेंटेर, लिखित पत्र दिएर र सार्वजनिक कार्यक्रम गरेर स्थानीयले समस्या बारे अवगत गराएका छन्। उद्योगको प्रदुषण भने रोकिएको छैन।

बारा जिल्लाको रामवनबाट निस्केको नदीको पानी त्यस क्षेत्रका जनताले उपभोग गरिरहेका छन। बजनीस्थित ललका पुलनिर सिमरातिरबाट आएको औद्योगिक नाला मिसिन्छ। त्यस यता प्रदुष थपिदै जान्छ। पानी उपभोग योग्य पनि रहदैन। बीरगन्ज हँुदै भारतको रक्सौल पुग्दासम्म सिर्सिया पानीको रंगरुप मात्र फेरिएको हुदैन जलचर समेत नभेंटिने गरी पानी प्रदुषित भइसकेको हुन्छ।

प्रकाशित: १२ कार्तिक २०७६ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App