coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीद्धारा फेदापका ४ जना युवा पक्राउ

तेह्रथुम- फेदाप गाउ पालिका १ को सिम्ले र जलजलेको सिमानामा आफुहरुले रोक्दा नरोकेको भन्दै बाटो छेकेर बोलेरोका चालकलाई कुटपिट गर्न खोज्ने ४ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सिम्ले बजार नजिकै ताप्लेजुङ देखि म्याङलुङ तर्फ आउदै गरेको मे १ ज २८५१ नम्बरको बलेरोलाई रोक्दा किन नरोकेको भन्दै सवारी चालकलाई हातपात गर्न खोज्ने फेदाप गाउपालिका १ बस्ने बर्ष ३० का बिक्रम लिम्बु, बर्ष २३ का लाल बहादुर लिम्बु, बर्ष १८ का सबिन लिम्बु र बर्ष १८ कै सौजन लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सवारी चालकलाई बाटोमा रोकेर गाली गलौज गर्दै हातपात गर्दा  सोही बलेरोमा सवार बर्ष २५ का पदम तामाङ घाइते भएका छन्। युवाहरुले बाटो छेकेर ड्राइभरलाई कुटपिट गर्न खोज्दा युवाहरुलाई सम्झाउने यात्रु तामाङ शक्त घाईते भएका हुन्।

टाउकोमा चोट लागेर घाईते भएका तामाङको जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको पारिवारलाई उद्रीत गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

 

प्रकाशित: १२ कार्तिक २०७६ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App