विद्यालय क्षेत्र विकास योजनालाई तेह्र अर्ब ऋण सहयोग

शुक्रबार, १७ मङि्सर २०७३, १२ : ५१ नागरिक

काठमाडौँ-एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।

विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा उक्त ऋण उपयोग गरिने छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यहाँस्थित उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामा र उक्त मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे ।

उक्त अवसरमा सचिव सुवेदीले वैदेशिक सहायतामा मुलुकमा धेरै विकास निर्माणका परियोजना सञ्चालन भए पनि दु्रत कार्यान्वयनमा कमजोरी देखिएकाले त्यसलाई निर्मूल गर्नुपर्नेमा जोड दिए । उनले उक्त योजना कार्यान्वयन गर्ने शिक्षा मन्त्रालय र मातहतका निकायलाई गम्भीर भएर परिणाम दिनेगरी परियोजना समयमै सम्पन्न गर्न आग्रह गरे ।

निर्देशक योकोयामाले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत शैक्षिक क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरे पनि गुणस्तरीय शिक्षा अझै चुनौतीका रुपमा रहेकाले त्यसको सामना गर्न ऋण सहयोग उपलब्ध गराइएको बताए । रासस






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad