coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा तिहार र नेपाल संवतको शुभकामना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० तथा तिहार अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा “नेपालको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, भनी उल्लेख छ।

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छिन् ।

प्रकाशित: १२ कार्तिक २०७६ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App