भक्तपुर- नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष प्राडा दीपक भट्टराईको ६८ वर्षको उमेरमा सोमबार विहान निधन भएको छ। विहान पौने नौ बजे आफनै निवास काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जमा उनको निधन भएको हो। तीनवर्षदेखि फोक्सोको क्यान्सरबाट उनी पीडित थिए।
उनको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनलाई छोरा शलिल भटराईले उनको पार्थिव शरीरमा दागवती दिएका थिए। उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्न पूर्वमन्त्री हरिप्रसाद पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाल इन्ज्निियरिग एसोसिएसनका पूर्व अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, ख्वप इन्जिनियरिंग कलेज भक्तपुरका पूर्व प्रिन्सिपल डा. राजन सुवाल, नेपाल इन्जिनियरिंग काउन्सिलका पूर्व अध्यक्षलगायतका विशिष्ट व्यक्तिहरु सहभागी रहेका थिए।
साथै इन्जिनियरिंग क्षेत्रमा उनले दिएको योगदानको कदर गर्दै इन्जिनियरिंग तथा अन्य सयौं सर्वसाधारण उनको शवमा श्रद्धसुमन अर्पण गर्न पशुपति पुगेका थिए। नेपालमा इन्जिनियरिंगको पढाई सरकारी कलेजहरुबाहेकमा पनि हुनसक्छ भन्ने अवधारणाका साथ अघि वढेर सफलतामा पुयाउने उनी इन्जिनियरिंग क्षेत्रका पहिलो व्यक्ति हुन्।
उनी हालको नेपाल इन्जिनियरिग कलेज व्यवस्थापन समितिका उपाध्यक्ष पनि हुन्। उनका श्रीमती, एक छोरा र दुई छोरी छन्।
प्रकाशित: ११ कार्तिक २०७६ ०९:११ सोमबार