७ वैशाख २०८१ शुक्रबार
समाज

खैरहनीबाट २० जुवाडे पक्राउ

भरतपुर- पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनीहरुबाट एक लाख ९१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ। रासस

प्रकाशित: ११ कार्तिक २०७६ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App