coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुटपिट गर्ने तीन पक्राउ

परासी- आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।

विवादको क्रममा घरेलु हतियार प्रयोग गरी घाइते बनाउने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा पाँच जना घाइते भएका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय अब्बास अन्सारी, ३७ वर्षीय अनुहर अलि र २५ वर्षीय निसाद अहमद रहेका छन्।

कब्रिस्तानको जग्गा संरक्षण गर्न भन्दै स्थानीयवासीले तारबार गर्न लाग्दा स्थानीय अब्बास अन्सारीले रुख काटेको विषयलाई लिएर झगडा सुरु गरेका थिए। उक्त जग्गा अन्सारीले जालसाझी गरेर आफ्नो बनाएको गाउँलेको आरोप छ भने अन्सारीले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन्।

दुई पक्षबीच झगडा सुरु भएपछि अन्सारी पक्षले घरेलु हतियार प्रयोग गरेको स्थानीयवासीले बताएका छन्। सो क्रममा घाइते भएका पाँच जनाको अहिले भैरहवा यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी अनुसन्धान भइरहेको र सार्वजनिक बिदा सकिएपछि आवश्यक कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। रासस

प्रकाशित: १० कार्तिक २०७६ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App