७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गराैं : प्रचण्ड

भक्तपुर- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गर्न सबै समुदायलाई अपिल गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले विभिन्न खालका परिवर्तन विरोधी, प्रगति विरोधी निरंकुश प्रवृत्तिका मानिसहरुले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई बदनाम गराउन रातदिन प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता प्रवृतिको प्रतिवाद गर्न सबै जाति, भाषा र संस्कृतिका समुदायलाई अपिल गरेका हुन्।

'सरकारलाई के गरी बदनाम गराउन सकिन्छ ? कम्युनिष्ट पार्टीका नेताहरुबीच कसरी विवाद ल्याउन सकिन्छ ? भनेर परिवर्तन विरोधी तत्वहरु लागि परेका छन,’ आईतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने,। देशमा बलियो सरकार भएको हेर्न नचाहने, देशमा विकास, निर्माण र समृद्धिको युग सुरु भएको हेर्न नचाहने त्यस्ता तत्वहरुको प्रतिवद्ध गर्न आ–आफ्नो ठाउँबाट जुट्न पनि सबै समुदायलाई अपिल गर्दछु।’

अध्यक्ष दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेपनि त्यसलाई व्यवहारिक कार्यान्वयनमा लैजाने काममा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको ३० हजार रुपैयाँको ऋण मिनाहा गरिदिएको पनि बताए।

अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टी एकतालाई अझै सृदढ बनाउदै लैजाने अठोट पनि गरे।

उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे। उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए।


 

प्रकाशित: १० कार्तिक २०७६ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App