८ वैशाख २०८१ शनिबार
खेल

कराते टोली मलेसिया जाने

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दै छ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ।

त्यसपछि टोली पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न नोभेम्बर ५ मा बंगालादेशको ढाका पुग्नेछ। प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने छ। टोली नोभेम्बर १० तारिखमा नेपाल फर्कने कार्यक्रम छ।

पुरुष खेलाडीमा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुशुवार, मुकुन्द महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली  छन्। महिलामा निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चञ्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनिता महर्जन, सनी तामाङ, अनुपमा मगर र रिता कार्की छन्। खेलाडीले व्यक्तिगत र टिम कुमुते तथा कातामा प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा गंगाराम महर्जन र राजेश श्रेष्ठ तथा व्यवस्थापकमा मिङमार शेर्पा र राजेन्द्र बराल छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे।

 

प्रकाशित: १० कार्तिक २०७६ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App