coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तनहुँमा अशक्त महिला बलात्कृत

दुलेगौँडा(तनहुँ)– तनहुँमा ४२ बर्षिय अशक्त महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा भिमाद नगरपालिका–९ पाइमीका १९ बर्षीय शंकर परियारलाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको छ। 

जन्मजात अशक्त रहेकी महिलालाई घरमै बसिरहेको बेला मादक पदार्थ सेवन गरी गएका परियारले बलात्कार गरेको तनहुँ प्रहरीले जनाएको छ। महिलालाई शुक्रबार उपचारका लागि जिल्ला अस्पताल दमौली लगिएको थियो। उपचारपछि शनिबार डिस्चार्ज गरिएको छ। 

बलात्कारको आरोप लागेका परियार प्रहरी हिरासतमा छन्। तिहार विदा सकिने वित्तिकै उनलाई अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।  घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App