coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विकास रनिङ शिल्ड पुलिसलाई

चितवन – विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन। 

फाइनल गोलरहित बराबरी भएपछि प्रतिस्पर्धा टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको छ। चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार गोलपोस्टभन्दा बाहिर गएपछि पुलिसले सजिलै उपाधि हात पा¥यो। चितवनका सुधांशु महतो र अजय गुरुङका प्रहार भने गोलमा परिणत भए। पुलिसका लागि भने भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायतले गोल गरे।

जितसँगै पुलिस क्बलले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र रनिङ सिल्ड प्राप्त गरेको छ। उपविजेता बनेको चितवन–११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र उपविजेता सिल्ड पायो। शनिबारको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मानबहादुर विश्वकर्माले म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिता अवधिभरमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवानले बेस्ट प्लेयर बन्दै २५ हजार नगद पुरस्कार पाए। त्यस्त, उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघ्न चौधरी, उत्कृष्ट रक्षक चितवनका सुधांशु महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवनका रुमेश बर्तौला भए। अनुशासित टोली जावलाखेल फुटबल क्लब भएको छ। सबैले १५ हजार नगद पुरस्कार पाएका छन्। असोज ३० गतेदेखि नारायणगढको क्याम्पाचौरमा सञ्चालन भएको प्रतियोगितामा १०  टोलीको सहभागिता रहेको थियो। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा फुटबल प्रतियोगिता आयोजना भएको हो।

प्रकाशित: १० कार्तिक २०७६ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App