रैथाने विधि र ज्ञानको अनुशीलन

आइतबार, १० कार्तिक २०७६, ०९ : ३८ भैरव रिसाल

नेपालमा रैथाने र परम्परागत ज्ञानको सूची बनाउँदा लामै हुन्छ । यसको समसामयिकताअनुसार विश्लेषण, अनुसन्धान, नवप्रवर्तन र अनुशीलन हुनुपर्ने तर त्यसो हुन सकेको छैन ।

कुनै पनि समाज टिक्नका लागि विभिन्न र विविध विषयको ज्ञान अपरिहार्य हुन्छ । नेपालमा हुँण, लिच्छवि, गोपालवंश, किरात, मल्ल, शाह, राणा र त्यसपछिको लोकतन्त्र र हालको लोकतान्त्रिक गणतन्त्र जुन जुन प्रकारको शासन पद्धति भए पनि रैथाने र परम्परागत ज्ञान र बुद्धिले केही न केही काम गरेकै हुन्छ । त्यस्ता ज्ञान र ती ज्ञानको उपयुक्त विधिअनुसार प्रयोग भएर नै समाज टिकेको हो । सार्वभौम राष्ट्रको हैसियतमा विश्व मानचित्रमा कायम भएको हो । स्वास्थ्य, कृषि, शिक्षा, पानी जस्ता क्षेत्रमा नेपालका मौलिक एवं परम्परादेखिका ज्ञान प्रयोग र अभ्यास भइरहे । प्रयोग र अभ्यास हुन नसकेका ज्ञान लोप भए ।

स्वास्थ्यको क्षेत्रमा अझै पनि मौलिक पारम्परिक ज्ञानको प्रयोग भइरहेको छ र निरन्तरता पाइरहेको छ । यो ज्ञान र सिपको प्रयोग भूगोल, तातो चिसो ठाउँ, आधुनिक विकासका गतिविधि पुगेको क्षेत्र र नपुगेको क्षेत्रमा अन्तर छ । नेपाल स्वास्थ्य, कृषि र शिक्षाको नयाँ युगमा प्रवेश गरेको कति पो भो र ? वीर अस्पताल (जुन नेपालको पहिलो अस्पताल हो) नै वि.सं. १९४८ मा सुरु भएको अर्थात १२८ वर्षमात्र भो । यसर्थ अंग्रेजी दबाइको इतिहास नेपालमा लामो छैन । बाबुबराजुको पालादेखिका ज्ञानका परम्परा पछिल्लो पुस्तामा सर्दै सर्दै आएको देखा पर्छ । ती पुस्तामा साक्षर व्यक्ति सारै थोरै हुन्थे । मौलिक र परम्परागत ज्ञानको विशेषता नै निरक्षरले निरक्षरलाई सिकाउने ‘श्रुति शिक्षा’ हो । यो विशेषता छ परम्परागत ज्ञानमा ।

भूगोलअनुसारको ज्ञान
नेपाली समाजमा एउटी निरक्षर आमाले एउटी निरक्षर छोरीलाई, एउटी निरक्षर सासूले एउटी निरक्षर बुहारीलाई शिशु गर्भमा रहेदेखि नै शिशु स्याहारको विधि सिकाउने र सिक्ने समुन्नत परम्परा छ । शिशु जन्माएपछि शिशुकी आमाको भूमिका आमाको र चिकित्सकको हुने गर्छ । नवजात शिशुलाई रोगहरूबाट सुरक्षित राख्न धेरै विधि प्रयोग गर्छन् । घाममा र दाउराको आगोमा मिची मिची तोरीको तेल लगाइदिन्छन् । सुत्केरीलाई पनि त्यसैगरी अर्की महिलाले घाम र आगोको रापमा तेल लगाइदिन्छन् । शिशु बिरामी नहोस् भनी घोटीचौथी खुवाउने गरिन्छ ।

घोटीचौथी भनेको जातिकारी, जाइफल, छोहोडा, मधेसी बदाम घोटेर बनाइन्छ र चटाइन्छ । यो खाएपछि नानी मजाले निदाउँछ जसले खाएको पनि पचाउँछ । घाममा सेकायो भने शिशु बलियो हुन्छ भन्ने ज्ञान भएकाले ‘मचाकठी’ बनाएर सोझो घाम पनि नपर्ने तर घाम पनि तापिने (टनेल जस्तै) गर्ने पुस्तैनी ज्ञान छ । यस्ता रैथाने ज्ञान ठाउँ हेरी फरक फरक पाइन्छन् ।

उपमाका निम्ति सुदूर उत्तर गोर्खातर्फ जाउँ । उत्तर गोर्खा चीनको तिब्बतसँग सीमा जोडिएको सामागाउँतिरको ‘साम्दो’ भन्ने चिटिक्क परेको ५० घरभन्दा कम भएको एउटा बस्ती हो । मनास्लु हिमालको सुन्दर काखमा । त्यतातिर आधुनिक औषधोपचारको व्यवस्था छैन भने पनि हुन्छ । तर घरेलु परम्परागत ज्ञान प्रयोग गर्छन् प्रसूति गराउन । गर्भ धारण गरेको पक्का भएपछि गर्भिणीले रक्सी बनाउँछिन र पहिलो बहानको रक्सी जो अत्यन्त कडा हुन्छ । मान्छेहरू भन्ने गर्छन् त्यो रक्सीमा सलाई कोरेर लगायो भने ह्वार्रै बल्छ । त्यो एक बोतल सुरक्षित राख्छिन् । जब सुत्केरी बेथाले चाप्छ, गाउँकी अर्की परिपक्व महिलाले एक, दुई, तीन मात्रा त्यो बिजुली खुवाइदिन्छन् । तब गर्भिणी लठ्ठम लठ्ठ । त्यो रक्सीले एनेस्थेसियाको काम गर्छ । शिशु जन्मिएपछि उसको मुखमा पनि त्यही रक्सी चटाइदिन्छन् । तब नानी पनि लठ्ठ । आमा र शिशु रक्सीको नशाले छोड्दा सामान्य भइसक्छन् ।

त्यताको अर्को रैथाने चलन पोषणका लागि छ । घरको सदस्य सुत्केरी हुने समय आउन लागेपछि तीनवटा कुखुरा किन्छन् । प्रसूति भएको डेढ महिनाभित्र ती तीनवटै कुखुरा सबै प्रसव भएकी आमालाई खुवाइन्छ । तब उनलाई पोषण पुगेको मानिन्छ । यो उत्तम ज्ञान लाग्यो । ठाउँ र परिवार हेरी ती नयाँ आमा बनेकी महिलालाई १५ दिन जति घरको काम लगाइँदैन । त्यसपछि एक÷डेढ महिना माइत पठाइन्छ । डेढ÷दुई महिना यसरी आराम गर्ने प्रचलन थियो । यो पद्धति संयुक्त परिवार प्रथामा राम्रै लागु थियो । यसरी हुर्काउने गरिन्थ्यो मातृ÷शिशुलाई ।

यस्तै मौलिक एवं रैथाने ज्ञान र विधिका कारण स्वास्थ्य सेवासम्बन्धी सहस्राब्दी लक्ष्य नेपालले समयअघि नै पूरा ग¥यो । बाल मृत्यु दर, मातृ मृत्यु दर कम गर्न अद्वितीय सफलता प्राप्त ग¥यो । त्यस्तै बिफर, खोप, कुष्टरोग, औलो, क्षयरोग उन्मूलन र नियन्त्रण तथा मातृ शिशु स्वास्थ्य सेवा र परिवार नियोजन जस्ता क्षेत्रमा सुँडेनीहरूको अद्वितीय योगदान छ ।

स्वास्थ्य, कृषि, शिक्षा, पानी जस्ता क्षेत्रमा नेपालका मौलिक एवं परम्परादेखिका ज्ञान प्रयोग र अभ्यास भइरहे । प्रयोग र अभ्यास हुन नसकेका ज्ञान लोप भए ।

ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूको व्यवस्था भएपछि यो काम अरु उचालिएको छ । मान्छे बूढो भएपछि रोगले कष्ट नहोस् भनी प्राणेश्वर भन्ने औषधि सेवन गराइन्छ । निको भए सर्वोत्तम प्राण नै गए पनि अन्तिम बेलामा कम कष्ट होस् भनी प्राणेश्वर खुवाउने परम्परा छ । यसरी जन्मेदेखि मृत्युसम्म नै सुखमय बनाउन अनेक ज्ञान, बुद्धि र जीवनशैलीका रैथाने चलन छन् ।

कृषिमा रैथाने विधि
अब जाउँ कृषितिर । खाद्य प्राणीमात्रका लागि नभई नहुने वस्तु हो र प्रत्येक खाद्यवस्तुका लागि बीउ आवश्यक हुन्छ । बीउ जोगाउन विभिन्न घरेलु ज्ञान छन् । अन्नको केही बीउमा खरानी, केहीमा सुकाएका नीमका पात, केहीमा तीतेपाती, केहीमा टिम्मुर, केहीमा लसुनका पोटी हालेर हावा नपस्ने गरी बीउ छोपिन्छ । यसो गर्दा त्यो बीउमा घुन, पुतली, कीरा लाग्दैन । ढुसी पर्दैन । यो रैथाने ज्ञान हो । यस्ता ज्ञान परिवारका गृहस्थमा भन्दा गृहिणीहरूमा बढी हुन्छ । धान, मकै, गहुँ, भटमास, केराउ, जौ, मास, बोडी, सिमी, रामतोरिया, फर्सी, घिरौलो काँक्रा जस्ताका बीउ यसरी रैथाने ज्ञान प्रयोग गरी सुरक्षित राखिन्छ । हिउँदे बाली प्रत्येक वर्ष एउटै लगाउदा उत्पादकत्वमा ह्रास आउँछ भन्ने पत्ता लगाइ ५÷७ वर्षमा गहुँको साटो केराउ खेती गरिन्थ्यो ।

धान बालीको वैकल्पिक बाली नहुँदा फरक फरक गाउँबाट बीउ ल्याएर लगाउने परम्परा छ भने रासायनिक मल सृष्टि नहुँदैदेखि नै प्राङ्गारिक मल मानव मलमूत्र र त्यसले मात्र पुगेन भने कालीमाटी झिकिन्थ्यो खाल्डोबाट । कुन ठाउँमा खन्दा मल लाग्ने कालीमाटी पाइन्छ भन्ने कुरा केही अनुभवीले माटो सुँघेर थाहा पाउँथे । कालीमाटी झिक्ने सुरक्षित खाल्डो कलात्मकरूपमा खनिन्थ्यो । कुनै ठाउँमा त्यसरी खाल्डो खन्दा पानीको मूल फेला पथ्र्यो । त्यसबाट बच्न पानीको व्यवस्थापन रैथाने प्रविधिबाटै गर्थे । मलकै प्रसङ्गमा प्युठानमा धान रोपाइँ गर्दा असुरोका पात फूलसहितका हाँगा ल्याइ दाइँ गर्नुपहिल्यै खेतमा छरिन्छ । त्यसबाट हरियो मल र कीटनाशक औषधिको काम हुँदोरहेछ । सिँचाइका लागि पानी बाँडिन्थ्यो । माथिको खेतले पहिले पानी पाउँथे । जुम्लाको सिँजामा ६ सय वर्ष पुरानो जचौरी कुलोबाट र बुटवलमा १६–३६ कुलो सिँचाइका लागि पानी बाँड्ने रैथाने प्रथा उल्लेखनीय छन् ।

बेसार, चिप्लेकीरा र रिठ्ठा
काटेको ठाउँमा बेसारले एन्टिबायोटिकको काम गर्छ । चौपायालाई खसी पार्दा वा गोरु, थुमो, बोकाको पुरुषत्व नियन्त्रण गर्दा पारिने घाउमा तेल÷बेसारको लेप एकपल्ट लगाइदिएपछि निको नै हुन्छ । दुर्घटना भई मान्छेको हाड फुटेमा, जोर्नी खुस्केमा, मर्केमा रातो माटो चिप्लेकीरा, घ्युकुमारी जस्ता वस्तु पिँधी लेप बनाइ ती ठाउँमा लगाइदिएर नेपाली कागत टाँसिदिएपछि त्यो ठाउँका हाड जोर्नी जोडिएपछि मात्र कागत उप्कन्छ । खटिरा आउँदा दुम्सीको काँडाले प्वाल पा¥यो, पीप निचो¥यो, त्यो प्वालमा नेपाली कागतको सुत्लो हाल्यो, दिनदिनै सुत्लो फेरी घाउ सफा ग¥यो, निको हुन्थ्यो । टिम्मुर, तीतेपाती मिसाइ कुट्यो, बोरामा पोको पारी खोलामा हालेपछि माछा मर्ने । माछा मार्ने यस्तो ज्ञान थियो । सुर्के, जाल, पासो जस्ता माछा मार्ने विधि थिए ।

रिठ्ठा, खरानीले लुगा सफा गर्ने साबुनको काम गर्थे । नेपालमा पहिलो साबुन कारखारा दोस्रो विश्वयुद्धका बेला श्री ३ जुद्धशमशेरको पालामा विराटनगरमा खोलेको हो । नीलो तुतो घाउ खटिरा निको पार्ने ओखती । रुद्राक्ष, बोधिचित्त पैसा फल्ने रुख । चिराइतो बहुउपयोगी वनस्पति । त्यस्तै केशर पनि । बेसार, अदुवा, सुठो, टिम्मुर, हिङ, जाइफल, जिरा, मरीच, पिप्ला, जाइपत्री, ल्वाङ, दालचिनी, जेठी मधु, त्रिफला, (हर्रो, बर्रो, अमला) औषधि र मसला, खाने कुरा स्वादिलो पार्ने र पचाउने रैथाने वस्तु हुन् । मह, रुदिलो, चुलाको माटो, सिस्नु, ज्वानु, मेथी, जिम्मु, हिङ, असुरो, तुलसीको पात, वेल, नीम जस्ता वनस्पति नेपाली समाजका जहडी औषधोपचारका वनस्पति हुन । पेट ठीक नहुँदा, ज्वरो, आउँ, पखालालगायतका औषधि हुन् ।

बिमिराका बोक्रा पेटका सूक्ष्म कीटाणुका ओखती, गहतको झोल पित्तथैलीको ढुङ्गा फुटाउने औषधि । अनारको बोक्रा निचोरेर आउने रस गोडाको आँैलाको कापा पाकेको औषधि । ताजा पिशाव काटेको घाउको उपचार । विरे नून पेट दुख्दा, अपच हुँदाको औषधि । त्यस्तै मर्चा बनाउँदा प्रयोग हुने वनस्पति । यो अत्यन्त गोप्य राखिने रहेछ । नाम पत्ता लागेन । त्यस्तै पूर्वतिर पाखन्वेद आदिबाट बन्ने ठूलो ओखती । खुट्टामा पसिना आइ दुर्गन्ध आउनेहरूका लागि केही हप्ता तीतेपातीका पात जुत्तामा हालेर लगाउँदा गनाउन छाड्ने ।

नेपालमा हुँण, लिच्छवि, गोपालवंश, किरात, मल्ल, शाह, राणा र त्यसपछिको लोकतन्त्र र हालको लोकतान्त्रिक गणतन्त्र जुन जुन प्रकारको शासन पद्धति भए पनि रैथाने र परम्परागत ज्ञान र बुद्धिले केही न केही काम गरेकै हुन्छ ।

सोलार आविष्कार   
एकथरी नेपाली सप्ताह, नवाह, कोटीहोम, लाखबत्ती बाल्ने जस्ता काम अझै पनि गर्दैछन् । त्यस्ता कार्यमा नयाँ अग्नि आवश्यक ठान्छन् । त्यस्तोमा चश्मा वा ऐना पारिलो घाममा राखेर भुइँमा कपास वा नेपाली कागत माँडेर नरम बनाइ त्यसमा टक पार्दा आगो पर्छ । त्यही आगोबाट उक्त कार्य सम्पन्न गरिन्छ । त्यस्तै चकमक नयाँ आगो बनाउने अर्को विधि हो । दुईवटा दर्शन ढुङ्गा ठोक्दा पनि आगो पर्छ । सोलारको विधि परम्परादेखिको ज्ञान हो ।

अर्को रैथाने ज्ञान बिहेमा प्रयोग गरिन्छ । दुलही लिन जन्ती जाँदा दुइटा सुकेका सिङ्गा माछा र पालुङ्गोको साग सग्लै लैजानुपर्छ । माछा र साग सग्लै कसरी पु¥याउने भन्ने मुद्दामा धेरै पुरानो पुस्ताले चोयाका पेरुङ्गोको आविष्कार गरेर सुकेका सिङ्गा माछा र पालुङ्गोको सागको मुठा सग्लै पु¥याउँछन् । पेरुङ्गो निगालाको चोयाबाट बनाइने हुँदा वातावरणमैत्री पनि भो । यो पनि रैथाने ज्ञानको अर्को उपमा हो ।

जलद्रोणी
पानीको आवश्यकता र उपलब्धताको समीक्षा गरी पोखरी खनेर पानी भकारी बनाउने नयाँ चलन नै सुरु गरे । रानीपोखरी राजाले नै खनाए । सिद्धपोखरी–जो भुइँ भन्दा निकै अग्लोमा छ तर पानी अडिएको छ । कमलपोखरीहरू पनि खनाए । पानीपोखरीमा कमलको फूल फुल्ने गराए । यो मौलिक ज्ञान र विधि हो । अर्को आविष्कार ढुङ्गाको सार्वजनिक ट्याङ्की (जसलाई जलद्रोणी भनिन्छ र भनिन्छ ‘जणौँ’ पनि) । त्यस्ता ट्याङ्कीमा पानी नसकियोस् भनी पानी खाने जति सबैले पँधेरामा एक–दुई ट्वाक पानी जलद्रोणीमा थपिदिँदा पुण्य हुन्छ भन्ने प्रविधि अपनाइयो । परिणाम जलद्रोणी कहिल्यै खाली नहुने पद्धति कायम भो ।

यी सिप पनि प्रायः मौलिक
यस अतिरिक्त मरेका गाई÷भैँसीको छाला पानीमा ढड्याइ जुत्ता सिउने, जुत्ता पनि छालाले नै सिउने, किला पनि बाँसबाट बनाउने मौलिक विधि हो । कपडा जिउमा नाप्ने र मल्दो गरी सिउने अर्को रैथाने ज्ञान हो । हतियार बनाउने र साँध लगाउने ज्ञान पनि पारम्परिक ज्ञान हो । अनूसूची बनाउने हो भने लामो समय लाग्छ । सानोमा कण्ठाग्र गरी घोक्ने शिक्षण विधि बेठीक भन्ने युग आयो । तर घोकेर कण्ठ पारेका श्लोकहरू सय वर्ष उमेर नाघिसकेकालाई पनि यसो उक्काइमात्र दियो भने कण्ठै आउँछ ।

प्राचीन वा परम्परागत ज्ञानबारे नेपाली समाजमा आफ्ना धेरै कुरा रहेछन् । यहाँ त्यस्ता केही ज्ञानको नाम प्रस्तुत गरौँ– जाँतो, पानीघट्ट, खल, खलको बच्चा, सिलौटो, लोहोरो, ढुङ्गाको ताउ, पोतारी, गग्रेटो, पूजा चौको, अँगेनो, खोपो, लिस्नु खटप्वाल, ढिकी, चिउरा कुट्ने उर्गल, मुसल लाउने काठ, आग्लो, गजबार, ठेकी, मदानी, लोती, हर्पे, सिङमाङ, प्याङ, नाग्लो, चाल्नो, डोको, घुम, सोली, पिर्का, लोरी, मुग्रो, अचानो, लिङ्गे पिङ, रोटी पिङ, जाँते पिङ, बाता, सुकुल, गुन्द्री, राडी, पाखी, काम्लो, भाटा, चोया, ढ्याङग्रो, टेठा (काठमा किला ठोक्ने) माटाका भाँडा बनाउने साँचो र सिप, ढलोटका सामान बनाउने विधि । 

खाने कुरामा– जाउलो, मेथी जाउलो, खिचडी, चिउरा, लाखामरी, ऐँठे, कसार, चाम्रे, सिन्की, गुन्द्रुक, मस्यौरा, पानरोटी, खल्पी, चुकअमिलो, चाकु, चिनिया धानको खट्टे, अनरसा, सेल, दन्यौरा फिनी, खुवा, सुत्केरी ओखती, पुष्टकारी, लट्टे, बेथेको साग, भृिङ्गराज बाँसको तामा ।

नास्टले रोनास्ट छँदा २०६२ मा मलाई हुम्लामा उज्यालो अभियान चलाउँदा विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कारबाट पुरष्कृत गरेको थियो । त्यो सम्झँदा आफूलाई गौरवान्वित ठान्छु र  कृतज्ञता समर्पण गर्छु । आज पनि म जस्तो एउटा सामान्य मान्छेलाई अन्तर्राष्ट्रिय युवा सम्मेलनमा रैथाने ज्ञान र विधिबारे अनुशीलनको अनुभव बाँड्ने मौका दिएकामा नास्टप्रति आभार व्यक्त गर्छु।








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad