६ वैशाख २०८१ बिहीबार
अर्थ

किसानलाई धान काट्ने चटारो

भक्तपुरमा धान काट्न व्यस्त महिला। तस्बिर : नागरिक

भक्तपुर – असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेपछि भक्तपुरे किसानलाई धान काट्ने चटारो परेको छ। तिहार नजिकिँदै जादा एकाबिहानैदेखि उनीहरुले समूहसमूहमा मिलेर धान काट्न थालेका छन्।

किसान शिवहरि चन्द्योले धान काट्न केही हप्ताअघिदेखि नै सुरु भए पनि अहिले धेरैलाई धान काट्ने चटारोले छोएको बताए। किसान तिहार नभनी बिहानैदेखि काममा खटिन थालेका छन्,’ उनले भने, ‘मानो रोपेर मुरी फल्ने धान काट्न उनीहरु तिहार मनाएजस्तै खुसी भएर खेतखेतमा पुगिरहेका छन्।’

धान काट्न पाएसँगै किसानमा खुसी छाउन थालेको छ। उनीहरु सपरिवार, छरछिमेक, नातागोता आफन्त मिलेर खुसियाली साथ धान काट्न व्यस्त देखिन्छन्। परिवार, छरछिमेक अनि नातागोतासँगै पालैपालो उनीहरु धान काट्न गर्छन्।

तथ्यांक अनुसार भक्तपुरको कुल उत्पादनयोग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। भक्तपुरमा प्रतिहेक्टर ६.२ टन धान उत्पादन हुने गरेको तथ्यांक छ। समयमै पानी पर्ने हो र मौसमले साथ दिए भक्तपुरमा धान उत्पादनमा यो भन्दा वृद्धि हुने गरेको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App