coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

होलेसुङ–जनकराज मार्ग गोल्डकपको उपाधि खामाखालाई

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ। 

शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा भएको फाइनल खेलमा खारम्बु स्पोर्टस् क्लव खार्मीलाई पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो। प्रतियोगितामा खामाखा खार्चुङ समाजले जितका लागि २ गोल गर्दा खारम्बु स्पोर्टस् क्लवले १ गोल गरेको साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए। 

केही मिनेट समय बाँकी रहँदा भएको विवादकाक्रममा खारम्बुले खेल बहिस्कार गर्दै मैदान छाडेपछि निर्णायकले खामाखा खार्चुङ समाजलाई विजेता घोषणा गरेको थियो। खामाखा खार्चुङ समाजले लगातार दोस्रो वर्ष होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको उपाधि चुमेको हो। खेल बहिस्कार गरेका कारण खारम्बु स्पोर्टस् क्लव उपविजेताको पुरस्कारबाट समेत बञ्चित भएको छ। 

प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान मात्र सेमीफाइनलिष्ट बनेको छ। खामाखा खार्चुङसँगको सेमीफाइनल खेलमा विवाद भएपछि सेमीफाइनलिष्टका अर्का प्रतियोगी ओम शिव शक्तीले पनि खेल बहिस्कार गरेपछि एक मात्र टिम सेमीफाइनलिष्ट बनेको अध्यक्ष राईले बताए। 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमलाई ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताका सेमीफाइनलिष्ट टिमले नगद २०÷२० हजार प्राप्त गरेका छन्। यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर खामाखा खार्चुङ समाजका विष्णु केसी, उत्कृष्ट डिफेन्डर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अनिल तामाङ, उत्कृष्ट मिडफिल्डर महादेवस्थानकै गणेश बुढाथोकी र सर्वाधिक गोलकर्ता महादेवस्थानकै कर्फु रसार्ईलीलाई जनही ५÷५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष राईले बताए। १० हजार राशीको अनुशासित पुरस्कार पनि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले हात पारेको छ। विजेतालाई प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले पुरस्कार प्रदान गरे। 

दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकप हरेक वर्ष सञ्चालन हुँदैआएको छ। प्रतियोगिता प्रदेशसभा सांसद उषाकला राईले गत आईतबार च्यास्मीटार खेलमैदानमा उद्घाटन गरेकी हुन्। हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजसँगको सहकार्यमा साकेला सिली फुटबल क्लवले आयोजना गरेको प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको थियो। 

दुई टिमलाई एक वर्ष प्रतिबन्ध 

विवादकाबीचमा खेल बहिस्कार गरेका कारण आयोजकले होलेसुङ–जनकराज राई मार्ग गोल्डकप दुई टिमलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ। खेलमा भएको विवादकाक्रममा बहिस्कार गरेका कारण खारम्बु स्पोर्टस् क्लव खार्मी र ओम शिव शक्ती समुह महादेवस्थानलाई होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा एक वर्षका लागि प्रतिवन्ध लगाइएको हो। 

प्रकाशित: ९ कार्तिक २०७६ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App