५ वैशाख २०८१ बुधबार
समाज

प्रहरीले गस्तीमा भेटाएको ५० हजार रुपैयाँ फिर्ता

बर्दिया– प्रहरीले भेटाएको आधा लाख रुपैयाँ फिर्ता गरेको छ। 

कृष्णसार टोलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भेटाएको ५१ हजार पाँच सय रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो। 

मधुवन नगरपालिका १ जागुराम चौधरीको नगद रुपैयाँ प्रहरीले फिर्ता गरेको हो। 

प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले गस्ती टोलीले भेटाएको रुपैयाँ सम्बन्धित व्यक्ति चौधरीलाई जिल्ला प्रहरी कार्यालय परिसरमै फिर्ता गर्न लगाएका थिए।

प्रकाशित: ९ कार्तिक २०७६ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App