coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पिउने पानीका लागि कुदुवासी दिनरात लाइनमा

पानीका लागि भाडाकुडा लिएर दिनभरि लाइनमा वसेका कुदुका स्थानीय। तस्वीर : जनक केसी/नागरिक

जाजरकोट- जिल्लाको  भेरी नगरपालिका १३ कुदुका वासिन्दालाइ  चाडपर्वको कुनै परवाह छैन। गाउँमा  खानेपानीको अभाव भएपछि उनीहरुलाइ दिन रात सवै समयमा पानीको जोहो गर्नका लागि  खोला नदी र नजिकैका मुलमा  लाइन वस्ने वाध्यता आइलागेको छ।

खानेपानीका लागि काकाकुल जस्तै वनेको कुदुका ४ सय ६५ घर परिवारका वासिन्दाले यो समस्या भोग्न थालेको  वर्षाैं भयो। गत वर्ष मात्र भेरी नगरपालिकालको लगानीमा जमिनमुनिवाट डिपवोरिङ प्रविधिवाट पानी निकालेर स्थानीयलाइ पानीको सुविधा भएको भएपनि अहिले भने फेरि पानीको अभाव भएको छ।

नगरपालिकाले निर्माणकम्पनीसंग गरेको सम्झौता अनुसार  स्थानीयले सहज रुपमा पानी पाउन नसकेको  पाइएको छ। कुदु स्थित स्वास्थ्यचौकीको आँगनमा १ सय ५३ मिटर गहिरो जमिन मुनिवाट निकालिएको पानी डेढ घन्टा सम्म मात्र निकाल्न सकिने भएपछि स्थानीयहरुलाइ पानीको पुरानै समस्याले सताउन थालेको  स्थानीय रामवहादुर  रोकायले बताए।

उनले विजुली नहुदा पनि पानी तान्न समस्या पर्ने गरेको र  जमिन मुनिको पानी निस्चित डेढ घन्टाको समयसम्म मात्र आउने गरेपछि पुरानै समस्याले सताउन थालेको उनले बताए। कुदुका सवै जनतालाइ पुरयाउने गरि  नगरपालिकाले  जमिनमुनिको पानी निकाल्न गरेको  योजनाले गतिलो काम नगरेको  उनीहरुको गुनासो छ। सवैको घर घरमा धारा वनाएर उक्त इनारको पानी पुरयाउने भनिएपनि  आवस्यकता अनुसारको पानी वाहिर निकाल्न नसकिएको बताइएको छ। 

यस्तै  पानीकै लागि विहान, दिउसो र राति भाडाकुडा लाइनमा राखेर  पर्खिनुपर्दा  आफुहरु निकै हैरानीमा पर्ने गरेको स्थानीय प्रमिला वटालाले बताइन्। उनले कुदुको पानीको लागि कुनै स्थायी उपाया नभए सम्म शान्तसंग बस्न नै नपाइने अवस्था आइपरेको गुनासो समेत गरिन्। पिउने पानीकै जोहो गर्न दिन भरिको समय खर्चिनुपर्दा यसले  महिला तथा वालवालिकाहरु बढी प्रभावित भएको उनले बताइन्।  उतावाट तिहार पर्व  आइसक्यो तर  हामीलाइ भने  प्रत्यक दिन पानीको लागि  यहाँ लाइन वस्नै ठिक्क छ  हाम्रो वेथा कसले सुनिदिने। 

उता भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले सुरुमा कुदुवासीका लागि पुरै पानीको सुविधा दिने भनेर सन्चानलगरिएको योजनाले पछिल्लो समय काम गर्न नसकेको गुनासो  आफुले पनि सुनेको बताए। स्थानीयले पर्याप्त मात्रामा पानी पिउन नपाए नगरपालिकाले निर्माण कम्पनीसंग गरेको सम्झौता रद्ध समेत हुन सक्ने मेयर घर्तीले बताए।

उनले कुदुवासीका लागि थप रुपमा पानीको  जोहो गर्नका लागि यो वर्ष पनि प्रयाप्त बजेट विनियोजन गरिएको  बताए। बाहिर जिल्लामा  प्रयोग भएको विधि भनेर आफुहरुले कुदुमा प्रयोग गरेको डिप बाेरिङले राम्रो काम नगरे  आफुहरुले विकल्प समेत प्रयोग गरेर स्थानीयलाइ पानीको सुविधा दिलाउने मेयर घर्तीले बताए। पटक पटकका चुनावमा नेताहरुले कुदुको खानेपानीवारे धेरै प्रतिवद्धताहरु गरेपनि सहज रुपले आफुहरुलाइ पानी दिलाउन कसैले  काम गर्न नसकेको कुदुवासीको गुनासो रहेको छ।

जनताको समस्यालाइ गम्भीरतापुर्वक लिने नेता र सरकारको अभावले जनताहरु वर्षाैं देखि एउटै समस्यावाट आजित हुने गरेको स्थानीय युवा प्रकाश आरसीले बताए।
 

प्रकाशित: ९ कार्तिक २०७६ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App