coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

हाम्रो तिहार राम्रो तिहार

खेमराज पोखरेल

हामी नेपालीको रमाइलो चाड तिहार आयो। रमाइलो बोकेर आयो। तिहारलाई यमपञ्चक पनि भनिन्छ नि। तिहार पाँच दिन मानिन्छ। पूरै पाँच दिन नै पूजा गरिन्छ। पहिलो दिन कागको पूजा गरिन्छ। मिठोमिठो खानेकुरा पकाएर आँगनमा निस्किएर ‘काककाक’ भनी कागलाई बोलाइन्छ। ‘काककाक’ भनेको सुनेर काग आँगनमा आउँछ। मिठो खानेकुरा खान्छ। रमाएर भुर्र उड्छ। काग रमाएको देखेर घरका सबै नानीबाबूहरू रमाउँदै  उफ्रिन्छन्। दोस्रो  दिन कुकुरको पूजा हुन्छ। कुकुरलाई सयपत्री फूलको माला र टीका लगाइदिइन्छ। मिठोमिठो खानेकुरा खान दिइन्छ। कुकुर खुब रमाउँछ। घरमा पनि सबै रमाउँछन्। तेस्रो  दिन गाईको पूजा धूमधामले गरिन्छ। गाईलाई सिँगारिन्छ। माला लगाइदिने गरिन्छ। मिठोमिठो खानेकुरा दिइन्छ। गाईलाई लक्ष्मी माता मानिन्छ।  गाईले हामीलाई आमाले जस्तै दूध दिन्छिन्।  गाई पूजाकै साँझ धूमधामले लक्ष्मी पूजा मनाइन्छ। लक्ष्मी पूजालाई दीपावली पनि भन्ने चलन छ।  लक्ष्मी पूजाको दिन घर र आँगन सबैतिर दियो बालिन्छ। दियो बालिने भएकाले लक्ष्मी पूजालाई दीपावली पनि भनिएको हो। झिलिमिली हुन्छ।  चौथो दिन गोरुको पूजा हुन्छ। पाँचौं दिन दिदीबहिनीबाट भाइको  पूजा हुन्छ। दिदीबहिनीले मखमली फूलको माला लगाइदिन्छन्। रङ्गीचङ्गी  मखमली फूल कहिले पनि ओइल्याउँदैन। सयपत्री फूल नरम रङ्गीचङ्गी  हुन्छ। तिहारमा सबै खुसी हुन्छन्।  यसरी काग, कुकुर, गाई, गोरु  र मान्छेको पूजा गरेर हाम्रा पुर्खाहरूले यो पृथ्वी सबैको साझा हो भन्ने कुराको सन्देश दिएका छन्। हामीले पनि पृथ्वीका सबै प्राणीले मिलेर बस्नु पर्छ भन्ने कुरा बुझ्नुपर्छ।

साँच्चि हो, तिहार निकै रमाइलो चाड हो। तिहारको मुख्य खानेकुरा चामलबाट बनाइएका मिठाईहरू हुन्। यसमा पनि सेल रोटीले हाम्रो मुखबाट पानी नै आउँछ। सयपत्री फूल फुलेर यही बेला ढकमक्क हुन्छ। मखमली फूल यही बेला फुल्छ। यो चाडलाई फूलैफूलको चाड भने पनि हुन्छ। दियोबत्तीको चाड भने पनि हुन्छ। तिहारमा देउसी–भैलो खेलिन्छ। देउसी–भैलो खेल्दा धेरै रमाइलो हुन्छ। हाम्रो देशका नेवार समुदायले यसैबेला ‘म्ह पूजा’ गर्छन्। ‘म्ह’ भनेको आफूले आफ्नै पूजा गर्नु हो।
हामी पनि देउसी खेलौ है त्,
‘भन भन भाइ हो रङ्गीचङ्गी !’– देउसिरे !   ’
’झिलिमिली झिलिमिली’ –’देउसिरे !’

 

 

प्रकाशित: ९ कार्तिक २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App