८ वैशाख २०८१ शनिबार
समाज

१६ स्थानीय निकायमध्ये १३ भाडामा

निजगढ- स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन्।

बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडाका तथा अरु सरकारी कार्यलयका भवनमा सञ्चालनमा रहेका छन्।
 
कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, आर्दश कोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, देवताल गाउँपालिका र सुर्वण गाउँपालिका भाडाकै घरहरुमा सञ्चालित छन्।

स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य सरकारी तथा गैरसरकारी निकायका भवनबाट कार्यसम्पादन गर्दा समस्या परेको स्थानीय निकायका जनप्रतिनिधिको गुनासो छ। रासस

प्रकाशित: ९ कार्तिक २०७६ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App