coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

काठमाडौं– निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले ६ सिट क्षमतायुक्त एउटा नयाँ हेलिकोप्टर ल्याएको छ। यसका लागि ३५ करोड रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।

सिम्रिकले क्यानडेली हेलिकोप्टर निर्माता बेल हेलिकोप्टर ए टेक्सट्रोन कम्पनी युएसएमा निर्मित ‘बेल ४०७ जिएक्सपी’ सिरिजको नयाँ हेलिकोप्टर ल्याएको हो। उक्त हेलिकोप्टरलाई क्याप्टेन सिद्धार्थजंग गुरुङ, क्याप्टेन क्रिस्टोफर र इन्जिनियर प्रचण्ड मल्लले सिंगापुरबाट मलेसिया, थाइल्यान्ड, म्यनमारबाट बंगलादेश हुँदै विराटनगरमा इन्धन भरी मंगलबार बेलुका काठमाडौं ल्याएका थिए।

हेलिकोप्टर निर्माता कम्पनी र सिम्रिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापाबीच हालै सिंगापुरमा यो हेलिकोप्टर खरिद–बिक्री सम्झौता भएको थियो । २०५८ सालबाट सेवा सुरु गरेको सिम्रिकसँग अब एकथान ‘बेल ४०७’, एकथान ‘एएस३५० बिटु’ र दुईथान ‘एएस३५० बिथ्रीई’ गरी चारथान हेलिकोप्टर भएका छन् ।  

कम्पनीका प्रमुख कार्यकारी बजार अधिकृत योगेश सापकोटाका अनुसार नयाँ हेलिकोप्टरमा रोल्स रोयसको इन्जिन जडान गरिएका छन् । यसमा ‘फुल्ली इन्टिग्रेटेड ग्लास फ्लाइट डेक’ तथा उडान सूचना र सुरक्षाका लागि ‘गार्मिन जि१०००एच’ जस्ता विशेषता यसमा छन् । त्यस्तै ‘बबल विन्डोज’, चारवटा ‘मेन ब्लेड’, ‘क्लब सिटिङ कन्फिगरेसन’, १ हजार १ सय ६० किलो तौल बोक्न सक्ने र १८ हजार ९ सय ४० फिट उचाइसम्म जान सक्ने यसमा विशेषता छन् । यो  हेलिकोप्टर कर्पोरेट, दृश्यावलोकन, हेलिकोप्टर एयर एम्बुलेन्स, राहत तथा उद्धारका लाग महत्वपूर्ण हुन्छन् ।

प्रकाशित: १६ मंसिर २०७३ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App