८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बढी तौल हुनेको फोक्सोमा बोसोयुक्त गिर्खा

बढी तौल तथा मोटोपना हुने मानिसको फोक्सोमा बोसो पलाएको पाइएको छ। हालै अस्ट्रेलियामा भएको एक अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानकर्ताले ५२ जना मानिसको फोक्सो नमुना लिएर विश्लेषण अध्ययन गर्दा उनीहरूमा बोसोका डल्ला बढेको पाएका थिए।

उनीहरूले मोटा तथा बढी तौल भएका मानिसमा दमको जोखिम हुने कुरा पनि पत्ता लगाएका छन्। फोक्सोविज्ञले यो तौल घटाएपछि हेरेमा चाखलाग्दो हुने बताएका छन्। युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित भएको सो अध्ययनमा वैज्ञानिकहरूले दान गरिएका फोक्सोका नमुना लिएका थिए।

१५ वटा फोक्सोमा दम थिएन। २१ जनाको आस्थामा (दम) थियो। तर उनीहरू अर्कै कारणले मरेका थिए । १६ जनाचाहिँ दमकै कारण मरेका थिए। वैज्ञानिकले सबैलाई विस्तृत अध्ययन गर्न १४ सय रंग प्रयोग गरी माइक्रोस्कोपमा राखेका थिए। अनुसन्धानकर्ताले लुकेका बोसोयुक्त टिसियु (डल्ला) फोक्सोको भित्तामा फेला पारेका थिए, जो मोटा तथा बढी तौल भएका मानिसमा मानिसका फोक्सो थिए। र, उनीहरूले सामान्य देखिएको फोक्सोभित्र यस्ता डल्ला हुने र जसले फोक्सो सुनिन्छ। जुन बढी तौल तथा मोटोपन भएका मानिसका लागि दमको जोखिम हुन्छ।

वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका प्राध्यापक डा. पिटर नोबेल भन्छन्, ‘बढी तौल हुनु र मोटापन भएका मानिसमा पहिल्यै दमको रोगको लक्षण देखिन्छ।’ नोबेल पनि सो अध्ययनमा सहभागी थिए। अनुसन्धानकर्ताका अनुसार फोक्सोमा बढी तौल हुँदा बढी तौलले फोक्सो सुनिन्छ या गिर्खा बन्छ।

अध्ययनले यो पनि सुझाएको छ कि अर्को संयन्त्रको पनि भूमिका हुन्छ। ‘फोक्सोमा फेला परेका डल्लाले फोक्सोको ठाउँ ओगटेका र घाउ बढाइरहेका थिए,’ डा. नोबेलले भने, ‘फोक्सोमा भएको बोसोको डल्लाले अक्सिन बहनमा बाधा पारेको फोक्सोलाई बाक्लो बन्नुको कारण हो र यही कारणले यस्ता मानिसमा दम बढेको लक्षण देखिन्छ।’

युरोपियन रेस्पिरेटोरी सोसाइटीका अध्यक्ष प्राध्यापक थेरी ट्रुटर्सले भने, ‘यो महŒवपूर्ण कुरा हो कि मोटो तथा बढी तौल भएको मानिसमा श्वासप्रश्वास रोगको सम्बन्ध हुन्छ भन्ने कुरा पत्ता लागेको छ। किनकि यसले मोटा मानिसमा नराम्रोसित दमको बढी लक्षण देखिन्छ। जुन बिरामीमा बढी तौल तथा मोटोपना छ, उनीहरूमा श्वासप्रश्वासको गतिविधि नियाल्न आवश्यक छ।

‘अवलोकनमा श्वासप्रश्वास परिवर्तन आउनुमा बढी तौलको सम्बन्ध छ,’ उनले भने, ‘यसका लागि थप अनुसन्धानले यो कुरा थाहा भयो छ कि तौल घटेपछि डल्लो हट्न सक्छ, तर दमका बिरामी सन्तुलित तौल हुन आवश्यक छ।’ बेलायती थोरासिक समाजकी डा. एलिजावेथ स्यापेले भनेकी छिन्, ‘शरीरको तौलले फोक्सोको श्वासप्रश्वासमा परिवर्तन आउने कुरा पहिलो पटक थाहा भएको हो।’ उनले दमका बिरामीलाई उपचार गर्ने नयाँ तरिकासमेत पत्ता लागेको जनाएकी छिन्।

प्रकाशित: ९ कार्तिक २०७६ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App