७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

मोटोपन घटाउन के नगर्ने

वरिष्ठ मनोचिकित्सकले मोटोपन घटाउन आफैलाई दोष दिन नहुने या चिन्ता गर्न नहुने सुझाएका छन्। हालै भएको एक अध्ययन प्रतिवेदनले मोटो मानिसमाथिको लाञ्छना कम गर्न  उनीहरूलाई प्रयोग गर्ने शब्दमा परिवर्तन गर्नुपर्ने सुझाएको छ। अध्ययनले ‘मोटो व्यक्ति’को सट्टा मोटोपनले ग्रस्त मानिस भन्नुपर्ने सुझाएको हो। 

यो  पनि सुझाइएको छ कि यस्तो शब्दले उनीहरूमा तौल घटाउनका लागि सहयोग पुग्नेछ। हालै क्यान्सर च्यारिटी संस्थाले एउटा विज्ञापन सुरु गरेको छ, जसमा मोटोपन घटाउने बढी आलोचना गरिएको छ। सन् २००५ देखि २०१७ सम्ममा मोटोपनको दर १८ प्रतिशतले वृद्धि भएको छ। स्कटल्यान्ड तथा आयरल्यान्डमा पनि उही दरले वृद्धि भएको थियो। बेलायतमा चार युवामध्ये एकजना मोटोपनको सिकार भएका छन्।

बेलायती साइकोलोजिकल सोसाइटीको प्रतिवदेनले औंल्याएको छ, ‘यो वृद्धिबाट पूरै बेलायत आत्तिनुपर्दैन किनकि उनीहरूभित्र कुनै जटिल समस्या छ।  प्रतिवेदनमा उल्लेख छ– जुन मानिसमा तौल बढ्ने शंका हुन्छ, उही व्यक्तिमा बढी खाने र निष्क्रिय रहने इच्छा बढी हुन्छ। जसअनुसार गरिब बस्तीमा बस्ने मानिसमा अन्य मानिसको तुलनामा तनाव बढी हुन्छ। उनीहरूमा छिमेकीकोमा खाने, शारीरिक व्यायाम गर्ने अवसर तथा पोषणयुक्त खानाको सुविधा कम हुन्छ।

सो प्रतिवदेनका अनुसार यसमा मानसिक अनुभवको बढी भूमिका हुन्छ। मोटोपनबाट छुटकारा पाउन खोज्नेहरूको युवावस्था तथा बाल्यकाल मुस्किलले गुज्रेको हुन्छ। यसका साथै सार्वजनिक स्वास्थ्य अभियान, नर्स, फिजिसियन तथा नीतिनिर्माताको तहमा लाज मान्नुको कारण खाने इच्छा बढ्छ साथै तौल पनि बढ्छ।

प्रतिवेदनमा बेटफोर्डसायर विश्वविद्यालयका मनोचिकित्सक डा. एंगेल चेटरले मनोचिकित्सकले आफ्ना स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्न सक्छन्, ताकि मोटोपनबारे पर्याप्त छलफल होस् भनेका छन्। उनी भन्छन्, ‘मोटोपनको उपचार कठिन हुन्छ भन्ने सन्देश दिन यो प्रतिवेदन तयारी पारिएको होइन।’ उनका अनुसार मोटोपन घटाउने इच्छा भए पनि राम्रो भोजनको सुरुवाती जीवन छैन भने मुस्किल हुन्छ।

यसका लागि सरकारले धूमपानमा जस्तो सूत्र अपनाउन आवश्यक छ, जुन धूमपान रोक्न अपनाइन्छ। बेलायती साइकोलोजिकल सोसाइटीका मुख्य कार्यकारी अधिकारी सर्व वाजवाका अनुसार दशकौंदेखि सबै स्तरमा मात्रा बढ्दै छ। सरकारी नीतिमा धूमपान गर्ने व्यक्तिलाई एक÷एक बताएपछि धूमपानको प्रयोगमा कमी आइरहेको छ। यसको कारण धूमपानको कारण पर्ने स्वास्थ्य समस्यामा पनि कमी आएको छ।

मोटोपनको नियन्त्रण गर्न सरकारले यस्तो नीति तथा कार्यक्रम बनाउनु जरुरी छ, जुन मोटोपन तथा बढी तौलबाट बच्न सकून्।

प्रकाशित: ९ कार्तिक २०७६ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App