coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

काठमाडाैं– चिकित्सा शास्त्र अध्ययन संस्थान(अार्इअाेएम)का नवनियुक्त डिन केपी सिंहले नयाँ मापदण्डअनुसार डिन नियुक्त भएर अाएपछि अाफूले राजिनामा दिने बताएका छन्।

उनले अाफू पनि वरिष्ठताकै अाधारमा डिन भएकाे भन्दै अनशन टुंग्याएर नयाँ निकासका लागि अाफूले बिचकाे बाटाे राेजेकाे बताए।

बुधबारकाे विभागीय प्रमुखहरूकाे बैठकले दिएकाे म्यान्डेडअनुसार नयाँ मापदण्डअनुसार नयाँ डिन अाएपछि अाफूले छाेड्ने बताए। 

बिना राजिनामा नयाँ डिन कसरी नियुक्त गर्न मिल्छ ? भन्ने प्रश्नमा उनले अाफूले कानूनी कुरा भाहा नभएकाे भन्दै साेही अडान दाेहाेर्याए।

त्रिविविले केही दिनअगाडि अार्इअाेएम डिन नियुक्तिका लागि मापदण्ड बनाउन अार्इअाेएमका पूर्व डिन रमेशकान्त अधिकारीकाे संयाेजकत्त्वमा मापदण्ड निर्धारण समिति बनाएकाे थियाे। साे अाधारमा समितिले बिहीबार नै प्रतिवेदन बुझाइसकेकाे छ।

प्रकाशित: १६ मंसिर २०७३ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App