७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न शुक्रबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले सो निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहनुभएका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका हुन्।

सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताए।

यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले बिहीबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ। रासस

प्रकाशित: १६ मंसिर २०७३ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App